काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको तयारी तिब्र गतिमा भइरहेको छ । पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विशेषमहाधिवेशनको तयारी अन्तरिम चरणमा पुगिरहेका बेला संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई सहभागी हुन नदिने प्रयास गरिरहेको छ । संस्थापन पक्षले पनि २७ गते युवा भेला र २८ गते जिल्ला सभापति भेला राखेकाले नेता कार्यकर्तालाई काठमाडौँ आउन भने अलिकति सहज भएको छ । दुई महामन्त्रीसहित केहि केन्द्रीय स्तरका नेता विशेष महाधिवेशनको पक्षमा खुलेर देखिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानलाई नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्माले समर्थन गरेका छन् । त्यस्तै नेता महेश आचार्यले पनि विशेष महाधिवेशन अपरिहार्य…
काठमाडौँ । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आएका छन् । संजय दत्त काठमाडौँमा एक क्यासिनो उद्घाटनको लागि विशेष अतिथिका रूपमा काठमाडौँ आएको बुझिएको छ । उनले आज क्यासिनो उद्घाटन गरेर शुक्रबार स्वदेस फर्किने आयोजकले बताएका छन् ।
काठमाडौँ । कुलमान घिसिङले राजीनामा दिएपछि उनले सम्हाल्दै आएका तीन मन्त्रालयको कार्यभार तीन अन्य मन्त्रीलाई दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा घिसिङले सम्हाल्दै आएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी उद्योग मन्त्री अनिलकुमार सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वनमन्त्री माधवप्रसाद चौलागाईलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
जुम्ला - सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड आज हुदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सालापा विकास बैंकको आइपीओ आज बिहान ९ बजे बाँडफाँड गर्ने जानकारी दिएको हो । पुस १६ गतेदेखि २० गतेसम्म सर्बसाधारणका लागि खोलिएको यस आइपीओमा १९.३७ गुणा आवेदन परेको छ । आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाको आवेदन परेको हो । उनीहरुले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यस मध्येबाट एक लाख ४३ हजार १७० जनाले जनही १०-१० कित्ताका दरले कुल १४ लाख ३९ हजार १७९ इकाई शेयर मात्र प्राप्त गर्ने…
काठमाडौँ । राष्ट्रिय सभाको रिक्त हुन लागेका १९ मध्ये १८ सांसदका लागि बुधबार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये कोसी प्रदेशमा ५, मधेसमा ११, बागमतीमा ६, गण्डकीमा ६, लुम्बिनीमा ८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाले उम्मेदवारी दिएका छन्। यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गरेका छन् । तालमेल पछि काँग्रेसले ९, एमालेले ८ र जसपा नेपाल (लोसपा) ले एक सिटमा उम्मेदवारी दिएका छन् । यो तालमेलपछि सबै सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने निश्चित जस्तै रहेको छ । ५९ सदस्यीय…