जुम्ला- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आयोगले बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्याएर आज विहान १० बजेदेखि ४ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो । नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ । आयोगले भनेको छ- 'फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२/०९/१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम समानुपातिक निर्वाचन अधिकृतको कार्यालय,, निवाचन आयोग, काठमाडौँबाट बिहान १० बजेद्केही दिउसो ४…
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । दिवसको अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको…
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै तयारी शुरु भएको र विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउन शुरु गरिसकेका छन् । महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ताका लागि भृकुटीमण्डपको गेटमै व्यवस्था गरिएको छ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने परिचय पत्र, एक प्रति फोटो र एक हजार रूपैयाँ दर्ता शुल्क लाग्ने व्यवस्था गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन समारोह १ बजेदेखि शुरु हुदैछ । त्यसअघि बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुससहितका नेता कार्यकर्ता भृकुटीमण्डपमा पुग्ने विशेष महाधिवेशन जनपरिचालन समितिले जानकारी दिएको छ । जस…
काठमाडौँ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रुपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन काठमाडौँ महानगरपालिकाको केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम गरिरहेको छ । यस क्रममा कृष्णमन्दिरदेखि डवलीहुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँवायाँका भवनहरुको अग्रमोहोडालाई मौलिक स्वरुपमा रुपान्तरणको काम सुरु हुन लागेको छ । ढुङ्गा विछ्याउनेसहितको यो कामका लागि ९ करोड ७३ लाख रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट छनोट भएको निर्माण पक्षसँग ९ करोड ४५ लाख रुपियाँमा सम्झौता गरिएको छ । यस मार्गमा मोहडा परिवर्तन गर्नुपर्ने ६३ वटा घरमध्ये ९ वटाको स्थानीय आफैँले परिवर्तन गर्नुभएको छ । अब ५४ वटाको सुधार गर्नु पर्नेछ । सहर विस्तारसँग…
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ जनाले आवेदन स्वीकृत भएको छ । सिफारिस समितिले अध्यक्षका लागि दरखास्त आह्वान गर्दा १३ जनाको आवेदन परेको समितिले जानकारी दिएको छ । अध्यक्ष बन्न आवेदन दिनेहरुमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, शिक्षा मन्त्रालयका पूर्वप्रशासक र बोर्डका पूर्व अधिकारीहरु रहेका छन् । आवेदन दिनेमा डा. जगतकृष्ण पोखरेल, डा. राजेन्द्रकुमार पोखरेल, प्रा. डा. बाबुराम खनाल, डा. रामचन्द्र पाण्डे, दुर्गाप्रसाद अर्याल, डा. तुलसीराम भण्डारी, पुष्पराज जोशी, डा. घनश्याम ठाकुर, डा. कृष्णप्रसाद आचार्य, प्रा. डा. अच्युत ज्ञवाली, लक्ष्मीराम पौडेल, डा. भोजराज शर्मा काफ्ले र डा. राजेन्द्रप्रसाद चापागाईं रहेका छन् । अध्यक्ष महाश्रम शर्माको ४ वर्षे कार्यकाल सकिएपछि शिक्षा…