काठमाडौँ । आफ्नो जिम्मेवारीको अन्तिम समयमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गरेका निर्णय विवादमा परेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्नें निर्णयको चौतर्फी आलोचना भएको छ । यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए । उनको कार्यकाल फागुन २० गते सकिएको छ । उनले कार्यकाल सकिनु केहीअघि राजीनामा दिएका थिए । मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनीत भएमा उनी ६ वर्ष सांसद हुनेछन् । राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउछन् तर प्रधानमन्त्री…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १५२ पर्ने भएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ बढेर आएको जानकारी दिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितको टोलीले भेटवार्ता गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको विषयमा छलफल भएको थियो । सभापति थापाले सो अवसरमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए । सो भेटमा सभापति थापासहित काँग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए भने सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी थिए ।
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटना जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए । त्यस्तै आज बसेको बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्यालको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । धनुषा- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश अस्वीकार भएसँगै धनुषा-१ बाट नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवको जित कायम भएको छ । निर्वाचन आयोगले यसअघि नै यादवलाई विजयी घोषित गरि प्रमाणपत्र समेत दिइसकेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको हुँदा निर्वाचन आयोगले फागुन १८ गते…