काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । आइतबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी परिक्षा नियन्त्रण कार्यालयले दिएको छ । बोर्डले पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएकोमा ७६ हजार ३६७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् र ४ जनाको परीक्षाफल रद्द गरिएको छ । गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए । बोर्डले नतिजा बोर्डको वेभसाइट www.neb.gov.np वा नेपाल टेलिकमको वेभसाइट www.neb.ntc.net.np वा…
काठमाडौँ । भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न गरेका पाँच जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिएफ ९८-९ एक थान पेस्तोल, पेस्तोलको म्याग्जिन एक थान, पेस्तोलमा लाग्ने गोली १५ थानसहित पाँच जनालाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइ हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको छ । पक्राउ परेका मानिसहरूमा धादिङ, धुनिवेशी गाउँपालिकाका २१ बर्षिय कृष्ण गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, काठमाडौं महानगरपालिका १५ भगवापाउँका २५ बर्षिय राजन देउला हतियार खरिद तथा बिक्री…
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी आज मनाइदै छ । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ । वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा…
काठमाडौँ । आज विश्व स्ट्रोक दिवस । मानिसलाई मस्तिष्कघात (स्ट्रोक) बारे सचेत गराउने र रोकथामका उपायबारे ध्यानाकर्षण गराउने उदेश्यले हरेक वर्ष अक्टोबर २९ तारिखका दिन जनचेतनामुलक कार्यक्रम गरेर मनाइन्छ । यस वर्षको विश्व स्ट्रोक दिवसको नारा ‘एभ्री मिनेट काउन्ट' अर्थात ‘हरेक मिनेट महत्वपूर्ण छ’ भन्ने रहेको छ । अहिले नेपाल लगायत विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ । व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या युवा उमेरका व्यक्तिहरुमा पनि देखिएको छ । केही बच्चाहरुलाई वंशाणुगत कारण मस्तिष्कघात हुने गर्छ । जन्मजात मस्तिष्कको नशा सुन्निएको वा…
काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो । सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् । विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २०८१ को असोज ११ मै सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा जाहेरी पठाए पनि भट्टचन सत्तारुढ…