खोज्नुहोस

खसरैवार

खसरैवार

714 Posts
सरकार, दल र जेनजी अगुवाहरुबीच त्रिपक्षीय छलफल आज हुदै

सरकार, दल र जेनजी अगुवाहरुबीच त्रिपक्षीय छलफल आज हुदै

काठमाडौं । आज सरकार, दल र जेनजी अगुवाहरुको त्रिपक्षीय छलफल हुदैछ । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । छलफल आज बालुवाटारमा ४ बजे बोलाइएको छ र बैठकमा निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा जेनजीका विभिन्न समुहसहित राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ । यस अघि प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते गरेको राजनीतिक दलसँग गरेको छलफलमा अर्को छलफल जेनजीका प्रतिनिधिलाई राखेर गर्ने बताएकी थिइन् ।  
Read More
हिमपात परेपछि अन्नपूर्ण बेसक्याम्प जान रोक

हिमपात परेपछि अन्नपूर्ण बेसक्याम्प जान रोक

म्याग्दी । ठुलो हिमपात भएपछि शुक्रबार बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेसक्याम्पमा हाल हिमपात शुरु भइसकेको जानकारी दिदै शुक्रबार बेलुकासम्म त्यसतर्फ जान रोक लगाइएको जानकारी दिएको हो । अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा अहिले ठुलो हिमपात परेको र केहि पर्यटक रोकिएको भन्दै त्यसतर्फ सुरक्षाकर्मी परिचालन समेत गरिएको बताइएको छ । प्रशासनले भने म्याग्दी जिल्लास्थित उच्च पहाडी तथा हिमाली भेग हिमपात हुने संभावित क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, म्याग्दी जिल्लाका पर्यटकीय स्थल (अन्नपुर्ण वेशक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरी पदमार्ग, मोहरेडाँडा आदी) लगायतमा पदयात्राको लागि आवातजावत गर्ने पर्यटक तथा पर्यटन व्यवसायी र पदयात्रीहरू…
Read More
भरूवा बन्दुकसहित पक्राउ

भरूवा बन्दुकसहित पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानी बस्ने ५२ वर्षीय तिलक बहादुर रोकालाई भरूवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देबस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्याङ्गबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
Read More

मुस्ताङ प्रशासनको आग्रह- उच्च हिमाली पदमार्गमा यात्रा नगर्नू

मुस्ताङ । मुस्ताङ प्रशासनले पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो । मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ । त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताएका छन् । सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना…
Read More
देउवा दम्पति सिंगापुर प्रस्थान

देउवा दम्पति सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर गएका छन् । गएराती सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर गएका हुन् । गत भदौ २४ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाको  गर्धनमा १२ टाँका लगाइएको थियो । थप उपचारका लागि देउवा दम्पती सिंगापुर गएको नेपाली कांग्रेसले जानकारी दिएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणमा परेका देउवा दम्पति असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएर उपसभापति…
Read More