काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् । उनले भनिन्- 'जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।' उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन् । मन्त्री गौतमले यस अघि पनि स्वास्थ्य मन्त्रालयमा सचिवको…
काठमाडौँ । नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालय शित्तल निवासमा आयोजित कायर्क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा गौतम र बब्लु गुप्तालाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराएका हुन् । गौतमलाई स्वास्थ्य र गुप्तालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार…
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुको समयमै उचित सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको भएको बताएको छ । त्यस्तै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित रहेको बताएको छ । आयोगको विज्ञप्ति: नागरिक अधिकारको सम्मान गर, संयमित रहन सबै…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दुई जना मन्त्रीको मात्र नियुक्ति गर्ने भएकी छन् । यसअघि चार जना मन्त्री नियुक्त गर्ने भनिएपनि आज दुई जनाले मात्र मन्त्रीको शपथ लिने भएका हुन् । आज डा. सुधा गौतमले स्वास्थ्य मन्त्रीको र बब्लु गुप्ताले खेलकुद मन्त्रीको शपथ लिने भएका हुन् । यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिन खोजिएपछि उनले पनि आज शपथ नलिने बताइएको छ । हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य…
काठमाडौँ । भारतको रिलायन्स इन्डस्ट्रिजले फेसबुकसँगको सहकार्यमा नयाँ एआई कम्पनी बनाएको छ । दुई कम्पनीहरूले यो संयुक्त उद्यमको नाम रिलायन्स इन्टरप्राइज इन्टेलिजेन्स लिमिटेड (आइइआइएल) राखेका छन् । रिलायन्स इन्डस्ट्रिजले शनिबार नियामक फाइलिङमा नयाँ एआई कम्पनि बनाएको घोषणा गरेको हो । मुकेश अम्बानी र मार्क जुकरबर्गका कम्पनीहरूले यस संयुक्त उद्यममा संयुक्त रूपमा ८५५ करोड भारु लगानी गरेका छन् । रिलायन्स इन्टेलिजेन्स लिमिटेडले फेसबुकको भारतीय शाखासँगको सहकार्यमा यो नयाँ कम्पनी बनाइएको छ । यो नयाँ कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) सेवाहरूको विकास, मार्केटिङ र बिक्रीमा काम गर्नेछ । रिलायन्स इन्टेलिजेन्स लिमिटेडमा रिलायन्स इन्डस्ट्रिजको ७० प्रतिशत हिस्सेदारी रहेको छ भने मेटा प्लेटफर्म इंकको सहायक…