काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सरकारले वार्तामा बोलाएमा त्यसलाई स्वागत गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रसाईले सरकारले आधिकारिक रुपमा वार्तामा बोलाएको हो भने त्यसको स्वागत गर्ने बताउदै जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने आफ्नो मूल्यांकन रहेको बताएका हुन् । उनले भनेका छन्: सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ । जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ । वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । कार्कीले आज चार मन्त्री थप्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री बनाउने तयारी गरेकी हुन् । चारै जनाको नाम शित्तल निवास पठाइएको र आजै शपथ हुने स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम तथा रोजगार, गुप्तालाई युवा तथा खेलकुद, श्रेष्ठलाई पर्यटन र गौतमलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् । हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमा भइरहेको आलोचनाका बीचमा आफु आन्दोलनमा गएको आफु सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस् कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने बताएका छन् । कार्कीले सामाजिक सञ्जालमा लेख्दै नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्: अँ, म आन्दोलनमा गएकै हो । ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपुर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो…
काठमाडौँ । गृह मन्त्रालयले हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ भन्दै आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्धन गर्ने कार्यमा योगदान गर्न…
धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले मधेशका जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको पहिलो दिन खरना मनाइन्छ । छठ पर्वको पहिलो दिन बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गर्ने गर्दछन् । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा…