काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नेपाल संवत नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर भएको बताएकी छन् । नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत नेपाली धर्तीमा उत्पत्ति भएको बताउदै नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुनाले यो नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर भएको बताएकी हुन् । उनले नेपाल संवतको प्रवर्तन गर्ने महान् व्यक्तित्व शंखधर साख्वाबाट आज पनि व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दामाथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने बताएकी थिइन् । उनले भनिन्- 'नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक…
काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।…
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको आज गोवर्धन पर्वत, बली, गोरु र बलिको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रमा उल्लेख छ । बली, हलि एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको…
काठमाडौँ । नेकपा एमालेले मंगलबार भएको सर्वदलिय बैठकमा १० बुँदे धारणा राखेको छ । प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको निर्वाचन केन्द्रित छलफलमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी रहेका थिए । एमालेले सो बैठकमा निर्वाचनमा भाग लिन सकारात्मक रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको धारणा राखेको थियो । बैठकमा एमालेका तर्फबाट राखिएको १० बुँदे धारणा: १- हाम्रो पार्टीले “जेन्जी” का नाममा नयाँ पुस्ताले उठाउँदै आएका मागहरूलाई सदैव सकारात्मक दृष्टिले हेर्दै आएको छ। तर, उक्त आन्दोलनमा स्वार्थी र आपराधिक तत्वहरूको घुसपैठ भई शान्तिपूर्ण आन्दोलनलाई नियोजित रूपमा हिंसात्मक रूप दिइएको विषयमा पार्टी गम्भीर र चिन्तित छ।२३ गतेको घटनामा स्कुले विद्यार्थीमाथि…
धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । कञ्चनपुरको भिमदत्तनगरपालिका- ८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए । त्यस्तै इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको छ । सोमबार इजरायलबाट काठमाडौं ल्याइएको शवलाई विमानस्थलमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले श्रद्धाञ्जली दिएका थिए। नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्याइएको शव परिवारलाई बुझाइएको थियो। इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’…