काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नियुक्त भएका निर्वाचन अधिकृतले यहिँ पुष १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, मधेश प्रदेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी, बामगती प्रदेशमा मकवानपुर…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकले राष्ट्रिय सभा निर्वाचन, आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छनौट, पार्टीको महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौँ । जलवायु परिवर्तनको बीचमा, वैज्ञानिकहरूले समुन्द्रको गहिराइबाट जैविक विविधताको नयाँ तस्वीर पत्ता लगाएका छन् । वैज्ञानिकहरूले गुआमबाट समुद्र सतहभन्दा १३० देखि ४९० फिट मुनि रहेका लगभग २००० समुद्री जीवहरूको अध्ययन गरेका छन्, जसमा डीएनए विश्लेषण गर्दा २०० नयाँ प्रजातिहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ । जर्नल अफ बायोजियोग्राफीमा प्रकाशित एक रिपोर्ट अनुसार, समुन्द्रको सतह नजिकै रहेका कोरल चट्टानहरू जलवायु परिवर्तन, समुन्द्रको तापक्रम वृद्धि र अम्लीकरणबाट सबैभन्दा बढी प्रभावित भइरहेका छन् । यसको विपरित, मेसोफोटिक, वा ट्वायलाइट, क्षेत्रमा अवस्थित गहिरो चट्टानहरूको तुलनात्मक रूपमा अध्ययन गरिएको छैन । अनुसन्धानले यी गहिराइहरूमा अझै पनि समुद्री जैविक विविधताको महत्त्वपूर्ण मात्रा लुकेको हुन सक्ने…
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको आज अनुगमन गर्ने भएको छ । आज नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । आज बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ । आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको…
काठमाडौँ । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३.६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ । यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ । यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३.६६ मिलियन अमेरिकी…