बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य…
काठमाडौँ । कोभिड महामारीको समयमा मानिसहरूलाई खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, २०२४ को अन्त्यसम्ममा विश्वभर १३.६४ अर्बभन्दा बढी कोभिड खोपको डोज लगाइएको छ । डब्लुएचओले अझै पनि खोप सिफारिस गर्दछ । यसैबीच, एम्सले गरेको अध्ययनले हृदयघातको प्रमुख कारणको रूपमा हृदय रोग पहिचान गरेको छ । एम्स दिल्लीको प्याथोलोजी र फोरेन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको शव परीक्षणमा आधारित अध्ययन सञ्चालन गरेको थियो । अध्ययनको शीर्षक 'युवा वयस्कहरूमा अचानक मृत्युको बोझ: भारतको ठूलो अस्पतालमा एक वर्षको अध्ययन' रहेको छ । यो अध्ययन इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित भएको थियो, जुन इन्डियन काउन्सिल…
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा चलेको गहन उपचारपछि आज स्वदेश फर्कने भएकी छन् । जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो । भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । एपोलो अस्पतालमा उपचारको क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा…
काठमाडौँ । खगोल विज्ञानमा रुचि राख्नेहरूका लागि, आजको दिन र रातको बारेमा रोचक समाचार छ । तपाईंलाई थाहा नहुन सक्छ, आइतबार, डिसेम्बर २१, २०२५ को सबैभन्दा छोटो दिन थियो र यो चाँडै बित्यो । आज राती वर्षको सबैभन्दा लामो रात हुने भएको छ । आइतबारको दिन र रात पनि इतिहासमा दुर्लभ खगोल विज्ञान घटनाहरूको रूपमा रेकर्ड गरिनेछ । डिसेम्बर २१ वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुनेछ । यद्यपि सामान्य रुपमा छोटो दिन याद नगरिएको हुन सक्छ, ढिलो सूर्योदय र प्रारम्भिक सूर्यास्त भएको छ । वैज्ञानिकहरूले यसको श्रेय पृथ्वीको अक्ष, यसको झुकाव र सूर्य वरिपरि यसको परिक्रमालाई दिन्छन्…
जुम्ला —कर्णाली प्रदेशको जुम्लामा यो वर्ष स्याउ बिक्री गरेर करिव १४ करोड २९ लाख आम्दानी भएको छ । यो बर्ष जुम्लाम १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८ सय ३८ परिवार मध्ये १९ हजार १ सय ५० परिवार स्याउखेतीमा संलग्न रहेको पाइएको छ ।जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर रहेको कार्यालयले जनाएको छ। त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१÷८२ मा चार हजार ३ सय २५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४ सय ४५ हेक्टर पुगेको…