खोज्नुहोस

खसरैवार

खसरैवार

926 Posts
मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी, आज मतदान हुदै

मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी, आज मतदान हुदै

जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनले जनता समाजवादी पार्टीका रामअशिष यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले त्रिलोकी प्रसाद चौधरीलाई उम्मेदवार बनाएको हो । जसपा नेपालका उम्मेदवार रामअशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक फकिरा महतो छन् । यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन् । त्यसैगरी एमालेका त्रिलोकी चौधरीको प्रस्तावकमा एमालेकी सांसद शारदा देवी थापा र समर्थकमा जय चन्द्र प्रसाद पटेल छन् । एमालेका यादव बारा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेशसभाले…
Read More
जेनजी आन्दोलनका शहिद परिवार र घाइतेसँग रवि लामिछानेको भेटवार्ता

जेनजी आन्दोलनका शहिद परिवार र घाइतेसँग रवि लामिछानेको भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहिद परिवारसँग भेटवार्ता गरेका छन्। शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेसँग भेट गरेका हुन् । सो भेटमा लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । लामिछानेले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका पहिलो घाइते अभिषेक श्रेष्ठसँग भेट गरेका छन् । लामिछाने वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भेटका क्रममा उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको पक्षमा आफू…
Read More
आज विश्व ध्यान दिवस मनाइदै

आज विश्व ध्यान दिवस मनाइदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । विश्व ध्यान दिवस २०२५ को लागि, 'एकमा परिवर्तन भनेको लाखौंमा परिवर्तन हो' भन्ने नारा तय गरिएको छ ।  व्यक्तिगत रूपान्तरणको लहर प्रभावलाई प्राथमिकता दिदै संयुक्त राष्ट्र संघको 'भित्रबाट संसारलाई निको पार्ने' आह्वानलाई स्थिरता दिदै यस बर्षको विश्व ध्यान दिवसको नारा तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई…
Read More
निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी

निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । उनले भने- 'कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला । यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस नगर्नुहोस् । एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि…
Read More
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ- महेश बर्तौला

संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ- महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्ने बताएका छन् । संविधानको परिपालक र संरक्षकको  जिम्बेवारीमा समेत रहेका राष्ट्रपतिको गम्भिर संवैधानिक असावधानी र कमजोरी कै कारण सार्वभौम नेपाली जनताको बिबेकको मतले निर्वाचित जनप्रतिनिधिमुलक सर्वोच्व संस्था  प्रतिनिधिसभाको षडयन्त्रमुलक र असंवैधानिक ढङ्गबाट  बिघटन भएको बताउदै यो केवल संसदको बिघटन  मात्रै नभएर यो लोकतन्त्रको आत्मा माथीको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन समेत भएको बताएका छन् । उनले भनेका छन्- 'यद्यपी यसका बिरुद्ध संवैधानिक परिक्षण र उपचारको लागी दर्जनौं रिटहरु समेत सम्मानित अदालतमा दर्ता भइ बिचाराधिन अवस्थामा रहेको छ । तर यस अवस्थासम्मको संवैधानिक कमजोरी…
Read More