काठमाडौँ । फिल्म ‘परान’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ । फिल्मले शनिबार प्रदर्शनको ५१औं दिन पुरा गरेको हो । निर्देशक दीपक प्रसाद आचार्यले प्रदर्शनको ५१औं दिनको अवसरमा टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको जानकारी दिएका छन् । हास्य कलाकारको रुपमा परिचित दीपक प्रसाद आचार्य ‘काकु’ को निर्देशकीय डेभ्यु फिल्म हो । परान अझै देशभरका कैयौं हलमा फिल्म प्रदर्शनरत रहेको छ । यस वर्ष ५१औं दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले पनि प्रदर्शनको ५१औं दिन मनाएका थिए । फिल्मले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख ग्रस कमाई गरेको छ…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंमा एकता सन्देश सभा गरिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीले बिहान ११ बजेदेखि भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो । सभामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली गर्दै भृकुटीमण्डपमा भेला हुने कार्यक्रम रहेको छ । एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
काठमाडौं । आज तोल ल्होसार पर्व मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ । पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ । यसो गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ ।
जनकपुरधाम । मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो । जस अनुसार पुस ५ गते (आज) दिनको बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने शनिबारनै दिउसो साढे ३ बजे उम्मेदवारको सुची प्रकाशित गर्ने तालिका छ । त्यसपछि पुस ६ बजे दिनको १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुखलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् । प्रवक्ता मनिष झाक अनुसार लामिछानेआज चितवनको चौबिसकोटीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रमपछि लामिछाने आजै दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिएका छन् । त्यस्तै रास्वपाले भोलि आइतबार दिउँसो ३ बजे, सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ । लामिछाने उच्च अदालत बुटवलको आदेशमा शुक्रबारमात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थि