काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धि अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सरकारले २०७८ को जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो । निर्वाचन ऐन २०७४ अनुसूची—१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने भएकाले…
काठमाडौँ । रवि लामिछाने कानुनी प्रक्रिया पुरा गरेपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् । अर्यालले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गरेको उल्लेख गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् । उनले सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक…
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीन कार्ड लटरी (डिभी भिसा कार्यक्रम) निलम्बन गरेका छन् । यो कार्यक्रममार्फत ब्राउन विश्वविद्यालय र एमआईटी गोलीकाण्डका संदिग्ध व्यक्ति संयुक्त राज्य अमेरिका प्रवेश गरेको पिए पछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम निलम्बन गरेको हो । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन गर्न आदेश दिएको बताएकी छन् । ट्रम्पले यो निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोड्दै ग्रीन कार्ड लटरी जस्ता कार्यक्रमहरू मार्फत अमेरिका प्रवेश गर्नेहरूको लागि पूर्ण पृष्ठभूमि जाँच आवश्यक रहेको बताउदै हालको प्रणालीमा त्रुटिहरू रहेको र यसबाट गलत फाइदा उठाउन सक्ने ठाउ रहेको बताएका छन् । ट्रम्प लामो समयदेखि डाइभर्सिटी…
काठमाडौँ । ओपनएआईले अब च्याटजिपिटीलाई केवल मोबाइल एपमा मात्र सीमित गर्न चाहँदैन । कम्पनीले यसलाई अपरेटिङ सिस्टम (ओएस) बनाउने योजना बनाइरहेको खुलेको छ । सरल भाषामा भन्नुपर्दा, भविष्यमा, तपाईंले विभिन्न कार्यहरूको लागि १० फरक एपहरू खोल्नु नपर्ने हुन सक्छ । च्याटजिपिटी तपाईंको मुख्य प्रणाली बन्नेछ । यो योजना कार्यान्वयन गर्न, ओपनएआईले ग्लेन कोट्सलाई एप प्लेटफर्मको प्रमुखको रूपमा नियुक्त गरेको छ । ग्लेनको मुख्य काम च्याटजिपिटीलाई ओएसमा रूपान्तरण गर्नु हो । जसरी हाम्रो फोनमा एन्ड्रोइड वा आइओएस छ र हाम्रो ल्यापटप- डेस्कटपमा विन्डोज छ, त्यसरी नै ओएस मुख्य सफ्टवेयर हो। यसले हाम्रा उपकरण (हार्डवेयर) र एपहरू चलाउँछ । यो बिना, हामी…
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार छनोट तथा सिफारिस समितिले सात जनालाई छनौट गरेको छ । समितिले सात उम्मेदवारको सङ्क्षिप्त सूचि प्रकाशित गर्दै आफूले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका सक्कलै कागजातहरूसहित प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ । समितले खेमराज जोशी, गोविन्द सिंह विष्ट, डबल बहादुर धामी, डमरु प्रसाद पनेरु, पदमराज जोशी, भिमबहादुर चन्द र शिवप्रसाद सापकोटालाई छनौट गएको छ । समितले छनौट भएका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता पौष ८ गते मङ्गलवार सिंहदरबारस्थित शिक्षामन्त्रालयमा बिहान ९ बजेदेखि हुने जानकारी दिएको छ ।