नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर नेविसंघ जुम्लाले बृक्षारोपण गरेको छ । चन्दननाथ नगरपालिका ५ मा रहेको चन्दननाथ मन्दिर पार्कमा बृक्षारोपण गरिएको हो । चन्दननाथ मन्दिरमा परिसरमा नयाँ निमार्ण भएकाे पार्कमा बृक्षारोपण पनि आवश्यक भएको हुदा विद्यार्थीहरुले पार्कमा बृक्षारोपण गरेको नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले वताए । विद्यार्थी संघको स्थापना दिवसको अवसरमा रुख रोपेका छौ यसले पार्कको सुन्दरता संगै वातावरणमा समेत सघाउ पुर्याउने भएकाले बृक्षारोपण गरिएको हो । विद्यार्थीले गरेको बृक्षारोपणमा डिभिजन वन कार्यालयका यमराज कार्की विद्यार्थी नेताहरु निराजन उपाध्याय, महेन्द्र कार्की लगायतले बृक्षारोपण गरेका छन् । (more…)
शुक्रवार संसद वैठकको शुन्य समयमा वोल्दै संसद विनिता कठायतले काठण्माडौ संघ कर्णाली सिधै जोडिनुपर्ने वताइन् । कर्णालीबासीको पैसा मात्रै होइन समय पनि खेरै गैरहेको छ उनले भनिन् कर्णालीका हरके विमानस्थलमा नेपालको राजधानी काठमाण्डौ संग सिधा जोडिनको लागि इन्धन रिफियूल सेन्टर स्थापन गर्न सरकार संग माग राखेकि छन् । नेपाल एयरलाइन्सले अनलाइन टिकट गरेपनि त्यसको प्रभावकारिता नभएको संसद कठायतले वताइन् । एयरलाइन्सको अनलाइन टिकट गरेपनि अधिकाशं कर्णाली बासीलाई थाहा छैन थाहा पनि कसरी होस कहिले नड्ने जहाजको अनलाइन टिकट गरिनु अर्थ छैन उनले भनिन्, नेपाल एयरलाइन्सले कर्णालीमा हप्तामा ४ दिन फ्लाइट गर्नु पर्छ त्यस तर्फ सम्बन्धित निकायको ध्यान जावस ।
कैलाली जनपुस्तकालय धनगढीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार तातोपानी गाऊपालिका गिडीखोला जुम्लामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगञ्जमा बसोवास गर्ने लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा प्रदान गरिनेछ । लेखक पाण्डे विगत दुई दशक देखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयता पूर्वक निरन्तर लाग्नु भएको छ । निजले बि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोट देखि दार्चुला सम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको…
कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम भएको हो । आयोगले आ.व. २०८०/८१ का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन यही फागुन ४ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये उक्त गाउँपालिकाले ७३ दशमलव ७२ अङ्क ल्याएर प्रदेशकै पहिलो बनेको हो । भने देशकै एघारौ स्थानमा रहेको छ । आयोगले तयार गरेको १७ वटा सूचकलाई आधार बनाएर तयार गरिएको कार्यसम्पादन मूल्याङ्कनमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले संचालन…
काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटाएर एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस संकटमा परेका छ । सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेताहरु दुई धारमा बाँडिएका छन् । तर, प्रचण्डको प्रस्तावपछि अध्यक्ष माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्रबाट संस्थागत निर्णय गराएर उनी सरकारमा जाने वा नजाने निर्णय गराउन खोजेका छन् । प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । प्रधानमन्त्री र अध्यक्ष नेपालबीचको भेटवार्ताबारे उनले भने, ‘उहाँलाई सरकारलाई समर्थन दिन आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ । उहाँले सरकारात्मक रूपमा लिनुभएकाले…