खोज्नुहोस

Blog

छठले विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुगोस्- राष्ट्रपति पौडेल

छठले विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुगोस्- राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गरेका छन् । छठ पर्व, २०८२ को शुभकामना दिँदै उनले तराईमा मनाइने छठ पर्व हाल पहाडी तथा हिमाली जिल्लाहरूमा समेत मनाउनु खुसीको विषय भएको बताएका हुन् । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवम् हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको पाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन…
Read More
पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री गौतमले भनिन्- भ्रष्टाचार भएको सुन्न नपरोस्

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री गौतमले भनिन्- भ्रष्टाचार भएको सुन्न नपरोस्

काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् । उनले भनिन्- 'जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।' उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन् । मन्त्री गौतमले यस अघि पनि स्वास्थ्य मन्त्रालयमा सचिवको…
Read More
नव नियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नव नियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालय शित्तल निवासमा आयोजित कायर्क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा गौतम र बब्लु गुप्तालाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराएका हुन् । गौतमलाई स्वास्थ्य र गुप्तालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार…
Read More
आगामी दिनमा हुने प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको- राष्ट्रिय मानव अधिकार आयोग

आगामी दिनमा हुने प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको- राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा र मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गत भाद्र २३ र २४ को आन्दोलनपश्चात् जेन्जी पुस्ताले उठाएका विभिन्न सवालहरुको समयमै उचित सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको भएको बताएको छ । त्यस्तै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित रहेको बताएको छ । आयोगको विज्ञप्ति: नागरिक अधिकारको सम्मान गर, संयमित रहन सबै…
Read More
आज दुई मन्त्रीको मात्र शपथ, खगेन्द्र र गणपतिलालको नाम हट्यो

आज दुई मन्त्रीको मात्र शपथ, खगेन्द्र र गणपतिलालको नाम हट्यो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दुई जना मन्त्रीको मात्र नियुक्ति गर्ने भएकी छन् । यसअघि चार जना मन्त्री नियुक्त गर्ने भनिएपनि आज दुई जनाले मात्र मन्त्रीको शपथ लिने भएका हुन् । आज डा. सुधा गौतमले स्वास्थ्य मन्त्रीको र बब्लु गुप्ताले खेलकुद मन्त्रीको शपथ लिने भएका हुन् । यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ । त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिन खोजिएपछि उनले पनि आज शपथ नलिने बताइएको छ । हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य…
Read More