खोज्नुहोस

Blog

आज दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष अगस्ट २३ मा दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । दास व्यापारका कारण मानव समाजले भोग्नुपरेको पीडा र त्यसविरुद्ध भएका संघर्षलाई स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । सन् १७९१ अगस्ट २२ देखि २३ सम्मको रात हालको हाइटी गणतन्त्रमा पर्ने सेन्ट डोमिङ्गोमा भएको विद्रोहको सुरुवातले अन्तरमहादेशीय दास व्यापार अन्त्य गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो । यही ऐतिहासिक घटनाको स्मरणमा दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यो दिवस पहिलोपटक विभिन्न देशमा मनाइएको थियो । हाइटीमा सन् १९९८ अगस्ट २३ मा तथा सेनेगलको गोरे टापुमा सन् १९९९ अगस्ट…
Read More

गरिमाका अभिभावकसँग सरकारको तीन बुँदे प्रतिबद्धता

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ ।…
Read More

सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो- गृहमन्त्री गुरुङ

काठमाडौँ । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गृहमन्त्री सुदन गुरुङले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताएका छन् । गृहमन्त्री गुरुङले घटनाले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गर्दै एउटी सानी बालिकामाथि भएको अपराध एउटा परिवारको मात्र नभई सम्पूर्ण समाजको पीडा भएको बताएका छन् । आमाहरू, महिला तथा नागरिकमा देखिएको आक्रोश आफूले पूर्ण रूपमा महसुस गरेको उनको भनाइ छ । उनले सरकार घटनाको पहिलो दिनदेखि नै मौन वा निष्क्रिय नरहेको स्पष्ट पारेका छन् । घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएर कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा सचेत हुँदै अनुसन्धान अघि बढाइएको उनले बताएका…
Read More

सरकारले ल्यायो सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न आज पत्राचार गरिएको छ । कार्ययोजनाअनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माणबिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनःव्यवस्थित गरी आगामी ३० दिनभित्र सुधारको परिणाम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको कार्यालयले उल्लेख गरेको छ । यसका लागि पहिलो ३ दिनभित्र सरकारी कार्यालयहरूले मुख्य १० सेवा समस्याका साथै भिड हुने समय र…
Read More

पेटभित्र सुन लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । दुबईबाट फ्लाई दुबईको उडानमार्फत साउन ३१ गते बिहान १०: ३० बजे काठमाडौँ आएका ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दरलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर नियन्त्रणमा लिएका थिए । सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन पेटभित्र लुकाएर ल्याएको स्वीकार गरेका थिए । त्यसपछि उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा एक्सरे गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु बाहिर ननिस्किएपछि पेटमै अड्किएर बसेको पाइएको थियो । उनको स्वास्थ्यमा…
Read More