काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने दिशामा आफ्नो सक्रियतालाई तीव्रता दिएको छ । प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार त्यहाँ तयार भएका ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएका छन् । ‘विद्यालयको पाठ्यक्रममा लैङ्गिक सवाल र घरेलु हिंसा, कसुर तथा सजाय’, ‘नेपालमा विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि र व्यवस्थापन प्रणालीको सुदृढीकरण : एक रणनीतिक अध्ययन’लाई प्रतिष्ठानको प्रकाशन पुनरावलोकन तथा सिफारिस समितिमा आन्तरिक समीक्षाका लागि तथा ‘पिछडिएको वर्गको पहिचानका आधारहरू निर्धारण सम्बन्धी…
मुगु —हिमाली मुगु जिल्लाका बरिष्ठ पत्रकार एवम साहित्य प्रेमी तथा क्याराभान खबर डट कमको संस्थापक अध्यक्ष राजबहादुर शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान २०८३ प्रदान गरिने भएको छ । झापा स्थित पाथीभरा अनलाइन टेलिभिजनद्धारा आयोजित भोली शनिबार झापामा साहित्य पत्रकारिता साधन सम्मेलन २०८३ को भब्य कार्यक्रम माझ शाहीलाई साधना सम्मान प्रदान गरिने लागिएको छ । सम्मान ग्रहण गर्न उहालाई आमन्त्रण पत्र पठाइसकेको उनको भनाई छ । उक्त सम्मान ग्रहण गर्न शाही शुक्रबार झापा जादै हुनुहुन्छ । बिगत तीन दशक देखि कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु रहि ग्रामिण पत्रकारिता तथा साहित्य क्षेत्रमा बिशेष योगदान पुरयाए बाफत शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना…
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरूः १- सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गर्ने। २- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रुपियाँ करिब २ अर्ब ७३ करोड अनुदान सहायता स्वीकार गर्ने । ३- २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने ज्वाइन्ट वार्किंग ग्रुप अन बर्डर म्यानेजमेन्टको १४औं बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने। ४-…
भरतबन्धु थापा आज विश्व फोटोग्राफी दिवस । विश्वभर फोटो प्रति रुचि तथा कर्म गर्नेहरुले उत्साहका साथ दिवस मनाई रहेका छन् । प्रत्येक बर्ष अगस्ट १९ का दिनमा विश्व फोटोग्राफी दिवस मनाइने गररिन्छ । यो दिन केवल क्यामेरा र तस्बिरको उत्सवको समय मात्र होइन । समय, समाज, इतिहास, संस्कृति र मानवीय भावनालाई एउटा फ्रेममा सुरक्षित राख्ने कलाको सम्मान गर्ने दिन पनि हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्सेली सरकारले लुइस ड्याग्युरले विकास गरेको ड्याग्युरोटाइप प्रक्रियालाई सार्वजनिक गर्दै संसारका लागि उपलब्ध गराएको घटनाको स्मरणमा यो दिवस मनाउने गरिन्छ । समयको क्रम र फोटोग्राफीको विकाससँगै संसारलाई हेर्ने र बुझ्ने हाम्रो दृष्टिकोण पनि…
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा.नारायणबहादुर महोत्रा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष,उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । त्यस्तै परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा.सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । त्यस्तै, नवनियुक्त उपाध्यक्ष डा.नारायणबहादुर महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन् ।