काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । विहिबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको नेता लेखराज भट्टले जानकारी दिए । उनका अनुसार एमालेले वडा र पालिकाको अधिवेशन गर्ने समेत निर्णय गरेको छ । जसमा वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा गर्ने निर्णय गरेको नेता भट्टले जानकारी दिए । उनका अनुसार पार्टीले त्यसपछि प्रदेश स्तरीय भेला पनि आयोजना गर्नेछ । बैठकले समानुपातिकतर्फ रिक्त पदमा खातुनलाई पठाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार खातुन एमालेको समानुपातिक बन्दसूचीको ४० नम्बरमा थिइन् ।…
काठमाडौं । सरकारी कार्यालयले खपत गरेको विद्युत्को महसुल अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरण र महालेखा नियन्त्रक कार्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । महालेखा नियन्त्रक कार्यालयको एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सेवा र प्राधिकरणको संस्थागत ग्राहक भुक्तानी प्रणालीबीच अन्तरआबद्धता गरिएपछि सरकारी कार्यालयले विद्युतीय माध्यमबाट विद्युत् महसुल तिर्न सक्ने भएका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले नयाँ व्यवस्थाले नगद र चेकमार्फत महसुल तिर्नुपर्ने अवस्थाको अन्त्य गर्दै भुक्तानीलाई सहज, सुरक्षित र पारदर्शी बनाउने बताए । यसबाट महसुल समयमै भुक्तानी हुने, बक्यौता तथा विलम्ब शुल्क घट्ने र वास्तविक विद्युत् खपतका आधारमा भुक्तानी गर्न सहज…
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिविको शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा पालना गर्न पदाधिकारीलाई निर्देशन दिएका छन्। त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा बोल्दै उनले प्रवेश परीक्षा, भर्ना, अध्ययन–अध्यापन, परीक्षा र नतिजा प्रकाशन तोकिएको समयमै गर्नुपर्ने बताए। क्यालेन्डर प्रभावित भए त्यसको कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। मन्त्री पोखरेलले परीक्षामा विद्यार्थीले कति लेख्यो भन्नेभन्दा कति सिक्यो भन्ने मापन गर्नुपर्ने बताए। विश्वविद्यालयले अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै व्यावहारिक, सिर्जनशील र समस्या समाधान गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताए। उनले विद्यार्थीलाई केन्द्रमा राखेर कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिको जिम्मेवार प्रयोगमार्फत विश्वविद्यालय सुधार अघि…
बारा । निजगढ नगरपालिका–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादमा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको घरमै चिकित्सक बोलाएर उपचार गरिएको थियो । खाना खाएर सुतेकी उनलाई बिहान ४ बजे श्रीमान्ले उठाउन खोज्दा नउठेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ । घटनामा संलग्न विजयलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका ४० भन्दा बढी रेजिडेन्ट डाक्टरले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत उनीहरूले मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोगेका समस्या र मागबारे मन्त्रालयका अधिकारीलाई जानकारी गराएका हुन् । डाक्टरहरूले कलेज व्यवस्थापनबाट अनावश्यक दबाब र मानसिक यातना दिइएको तथा अध्ययनका लागि उचित वातावरण नरहेको गुनासो गरेका छन् । उनीहरूले समस्या समाधान नभएसम्म कलेजमा फर्किएर अध्ययन गर्ने अवस्था नरहेको बताएका छन् । छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका अधिकारी तथा चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्मा सहभागी थिए ।…