काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । आइतबार काठमाडौँ आइपुगेका सेठलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । सेठले नेपाल भ्रमणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने बताइएको छ । नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने…
काठमाडौँ । आज थारु समुदायले गुरिया (गुरही) पर्व मनाउदैछन् । थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरजस्ता पश्चिम नेपालका थारु बाहुल्य क्षेत्रमा यसलाई गाउँको सुरक्षा, रोगव्याधी नलागोस् भन्ने कामना र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा मनाइन्छ । गुरही पर्व मुख्य रूपमा बालबालिकासँग जोडिएको पर्व हो । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावलाई उजागर गर्छ । पर्वका अवसरमा दिदीबहिनीले गुरिया फाल्ने र दाजुभाइले त्यसलाई लट्ठीले पिट्ने परम्परा छ । यस क्रममा बालबालिका रमाउँदै पर्व मनाउँछन् । गुरियालाई नराम्रा…
जुम्ला। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि…
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदैछ । सुकेधाराको मिराकल पार्टी भेन्युमा जारी भेला शुक्रबारदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन समारोह भएको भेलामा शनिबार बन्दसत्र भएको थियो । शनिबारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्मा विभिन्न प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप…
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ । बोर्डका अनुसार विद्युतीय प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । यसका लागि राष्ट्रिय परिचयपत्रसँग प्रणालीलाई जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि आवश्यक विवरण म्यानुअल रूपमा पेश गर्न सक्नेछन् । स्वास्थ्य बीमा शुल्क हाल इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य बीमा गरेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक र नवीकरण गर्न सक्नेछन् ।…