खोज्नुहोस

Blog

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदै

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदैछ । सुकेधाराको मिराकल पार्टी भेन्युमा जारी भेला शुक्रबारदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन समारोह भएको भेलामा शनिबार बन्दसत्र भएको थियो । शनिबारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्मा विभिन्न प्रतिवेदन पेश गरेका थिए  । प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप…
Read More

स्वास्थ्य बीमामा अनलाइन आबद्धता र नवीकरण सेवा सुरु

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ । बोर्डका अनुसार विद्युतीय प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । यसका लागि राष्ट्रिय परिचयपत्रसँग प्रणालीलाई जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि आवश्यक विवरण म्यानुअल रूपमा पेश गर्न सक्नेछन् । स्वास्थ्य बीमा शुल्क हाल इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य बीमा गरेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक र नवीकरण गर्न सक्नेछन् ।…
Read More

जाजरकोट पहिरो अपडेट: तीन जना सम्पर्कविहीन, १० जना घाइते

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जना भने आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् । पहिरोपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ…
Read More

जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग सम्बोधन गर्न गठित समितिको कार्य प्रारम्भ

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारका मागहरूलाई सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरी कार्य प्रारम्भ गरेको छ । समितिको पहिलो बैठक समेत बसिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्नेछ । सरकार र जेन-जी प्रतिनिधिहरूबीच २०८२ मंसिर २४ गते भएको सम्झौता तथा मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको निर्णयबाट स्वीकृत 'जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज' को…
Read More

सरकार असफल हुने छुट छैन- सभामुख अर्याल

काठमाडौँ । सभामुख डीपी अर्यालले वर्तमान सरकार असफल हुने कुनै छुट नरहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्ने बताउदै सरकारलाई असफल हुने छुट नरहेको बताएका हुन् । उनले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न आग्रह गर्दै पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्द्धन र व्यावसायिक हितमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका थिए । उनले पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण विषय सुरक्षा रहेको बताउँदै हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षित वातावरण बनाउनुपर्नेमा जोड दिए । पर्यटकलाई आकर्षित…
Read More