काठमाडौँ । ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । नेता डा. धवलशमशेर राणासहित उनी पक्षका नेताहरु शुक्रबार आयोग पुगेर दल दर्ता गरेका हुन् । आयोगले जय नेपाल पार्टीलाई त्रिभुज चुनाव चिन्ह दिएको छ । राष्ट्रवादी पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियानसमेत सहभागी हुने तयारी गरिएको भएपनि दुर्गा प्रसाई भने आजको दल दर्ता कार्यक्रममा सहभागी भएनन् । तत्काल दल दर्ता गर्न प्रसाई र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गरेका हुन् । प्रसाईले तत्काल दल दर्ता गर्न हतार गर्न नहुने बताएका छन् । दल दर्तापछि पार्टी सभापति…
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन् । बुधबार राति करिब ८: ४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ घर तथा गोठ पुरिएका छन् । घटनामा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई राति करिब ११: ५५ बजे स्थानीयवासीको सहयोगमा घाइते अवस्थामा उद्धार गरिएको थियो । थप उद्धारका लागि बिहीबार…
काठमाडौँ । एक महिनासम्म विशेष तरिकाले मनाइने गुंला पर्व बिधिबत रुपमा शुरु भएको छ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । नेपाल संवत् तिथि अनुसार गुंला एउटा महत्वपूर्ण महिना हो । नेवारी भाषामा 'ला' को अर्थ महिना र 'गुं' को अर्थ पहाड र जङ्ल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदा देखि भाद्र शुक्लपक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुंला हो । बौद्ध धर्मालम्बीहरूले संगीतिक पाठ पुजा गरि चैत्य दर्शन गर्न जाने पुजा जात्रा (गुंला पर्व) आजदेखि सुरु भएको…
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको पुष्टि गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली श्रेष्ठलाई वैक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवी नजिकैको निवाससम्म स्वागतको तयारी गरिएको छ । आज दिउँसो १२: २५ बजे बैंककबाट थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आइपुग्न लागेका उनलाई कांग्रेस इतर समूहले भव्य स्वागत गर्ने तयारी गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेर चुनदेवी निवाससम्म पुर्याउने बताइएको छ । गत भदौ २४ गतेको विध्वंशमा बूढानीलकण्ठस्थित निवास लुटपाट, आगजनी र कुटपिट गरिएका उनीहरु भाडाको निवासमा बस्दै आएका छन् । गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा…