खोज्नुहोस

Blog

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल र इजरायल सरकारबीच भएको सरकार–सरकार सम्झौताअनुसार इजरायलमा हेरचाहसम्बन्धी कामका लागि नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत नेपाल सरकारले सन् २०२४ मा परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा सहभागीमध्ये इजरायल जानका लागि भएको चिठ्ठा प्रक्रियामा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै आरोपीहरूले रकम लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भरत चौलागाईं र बालिका सिवाकोटीलगायत व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी पीडितलाई विश्वासमा पारेका थिए। उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल…
Read More

काँग्रेस महाधिवेशन: आज र भोलि वडा अधिवेशन गर्दै

काठमाडौं । कांग्रेसको  १५औं महाधिवेशन अन्तर्गत आज र भोली वडा अधिवेशन गर्दैछ । शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका रहेको छ । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्ने कार्यतालिका रहेको छ । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । काँग्रेसले ४६० गाउँपालिकामा ३ हजार २१५, २७६ नगरपालिकामा ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ र ६ महानगरपालिकाका १७४ गरी देशभर ६ हजार ७४३ वडामा अधिवेशन गर्दै छ । विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४३४ जना निर्वाचित हुनेछन् ।…
Read More

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्दैछ । आज दिउसो २ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ । त्यस्तै, विहान साढे ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन-भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा…
Read More

आज अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइँदै

काठमाडौं । समान काम वा समान मूल्यको कामका लागि समान पारिश्रमिकको अधिकारबारे जनचेतना फैलाउने उद्देश्यले आज (सेप्टेम्बर १८)  मा अन्तर्राष्ट्रिय समान पारिश्रमिक दिवस मनाइँदैछ । यस वर्ष महिलाको पारिश्रमिकमा रहेको विश्वव्यापी अन्तरलाई घटाउँदै प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा जोड दिइएको छ । विश्वभर महिलाले पुरुषको तुलनामा औसतमा करिब १८ देखि २० प्रतिशत कम पारिश्रमिक पाउने देखिएको छ । यसको असर तत्कालको आम्दानीमा मात्र नभई महिलाको जीवनभरको आय, आर्थिक सुरक्षा, निवृत्तिभरण तथा आगामी पुस्तासम्मको आर्थिक असमानतामा पर्ने गरेको छ । समान पारिश्रमिक सुनिश्चित गर्न पारिश्रमिकमा पारदर्शिता, महिलाको बाहुल्य रहेका कामको उचित मूल्यांकन र न्यायपूर्ण ज्याला संरचना आवश्यक रहेको संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय…
Read More

कांग्रेस विभाजनबाट रोमाञ्चित हुन सक्दिन- डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति गहिरो चिन्ता व्यक्त गर्दै कांग्रेसलाई एकताबद्ध राख्न सबै नेता–कार्यकर्तासँग अपिल गरेका छन् । उनले खुला पत्र सार्वजनिक गर्दै कांग्रेसको शक्ति विभाजनमा नभई सहमति, सहकार्य र एकतामा रहेको बताएका हुन् । डा. कोइरालाले नेपाल अहिले राष्ट्रिय रूपमा संवेदनशील मोडमा उभिएको उल्लेख गर्दै राजनीतिक दलहरूले समझदारी र सहकार्यबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । राष्ट्रको अस्तित्व, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका बिर्सन नहुने उनको भनाइ छ । उनले कांग्रेसको इतिहास संघर्ष, त्याग र बलिदानले निर्माण भएको स्मरण गराउँदै संस्थापक नेता विपी कोइरालालगायतका नेताले छाडेको निष्ठा, आदर्श र…
Read More