काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन् । बिहीबार आयोजित विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत सुरक्षण सामग्री स्वदेशमै उत्पादन गर्न सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताए । उनले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र दक्ष जनशक्ति विकास गर्दै केन्द्रलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा विज्ञहरूले प्रविधि, सुरक्षा प्रणाली, नक्कली कागजात नियन्त्रण, अन्तर्राष्ट्रिय साझेदारी र बजार विस्तारका सम्भावनाबारे अनुभव साझा गरेका थिए । कार्यक्रममा सुरक्षण मुद्रणमा प्रयोग हुने कागज, कार्ड र डिजिटल प्रविधिमा पछिल्लो समय भइरहेको विकासबारे पनि छलफल भएको थियो ।…
काठमाडौं — गत भदौ १० गते नियमित काममै व्यस्त थिएँ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हेर्नसमेत समय मिलेको थिएन । केही समय फुर्सद भएपछि सामाजिक सञ्जाल हेर्दा नेपालमा आएको भीषण बाढीको खबर देखेँ । सुरुमा त पत्याउनै गाह्रो भयो । लगातार नयाँ–नयाँ भिडियो र तस्बिरहरू सार्वजनिक हुन थालेपछि मनमा अनेक प्रश्न उठ्न थाले—कतै यी दृश्यहरू फेक त होइनन् । जीवनमा त्यस्तो भीषण बाढी न देखेको थिएँ, न त त्यस्ता दृश्यको कल्पना नै गरेको थिएँ । तर बाढीले बस्तीका बस्ती बगाएको खबर विस्तारै आउन थालेपछि मन झनै बेचैन हुन थाल्यो । त्यो बाढी आएको क्षेत्र मेरो जन्मभूमि मात्र थिएन, मेरो बाल्यकाल…
काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले 'बालबालिका सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजै राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले 'संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी…
मुगु । गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १.५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४.२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ८ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ । छलफलका लागि समितिले कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई बोलाएको समितिले जानकारी दिएको छ ।