चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो । वनभोजमा सरकारी र निजी गरी ६० वटा हात्तीहरू सहभागी रहेका थिए । सधै जंगल गस्ती र पर्यटकलाई जगल सफारी गराउन व्यस्त रहने हात्तीहरू वनभोजमा रमाएका थिए । युनाईटेड हात्ती सहकारी संस्थाको आयोजनामा बिभिन्न सामुदायिक वनहरूको सहयोगमा हात्ती दिवस तथा हात्तीलाई वाभोज कार्यक्रमको आयोजना हुँदै आएको छ । यस…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको टिप्पणी गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको र माइतीघरमा अझै नागरिकका गुनासा र प्रदर्शन देखिनु चिन्ताको विषय भएको बताएका हुन् । उनले भने- 'हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ। तर आवाजहरू उस्तै देखिएका छन्। म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु। आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन ।’ लामिछानेले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूविरुद्ध गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरेका हुन् । उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे । उनले भने- 'माथि खाइ न पाइ छालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ । ममाथि गम्भीर किसिमका आरोपहरू लगाइएका छन् । रक्सी खाएर जे मन लाग्यो…
काठमाडौँ । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ। मन्त्रालयमा भएको छलफलमा दाइजोविरुद्ध जनचेतना विस्तार, कानुनको प्रभावकारी कार्यान्वयन तथा समुदायस्तरमा अभियान सञ्चालन गर्ने विषयमा विचारविमर्श भएको हो । मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माण सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा अभियान हुनुपर्ने बताइन्। उनले युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा र सञ्चारमाध्यमलाई अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिइन् । छलफलमा मधेसी आयोगले मधेशमा देखिएका बालविवाह, घरेलु हिंसा, महिला तथा बालबालिकामाथिको हिंसा, शिक्षा–स्वास्थ्यमा पहुँचको कमी र मानव बेचबिखनलगायत…
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गरिएको थियो । त्यसपछि अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी त्यहाँ रहेका सामानमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ…