खोज्नुहोस

Blog

झारफुकको नाममा बालिकालाई कुटपिट गर्ने व्यक्ति पक्राउ

जाजरकोट । जाजरकोटमा झारफुक गर्ने भन्दै १४ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–६ धुमास्थित सार्वजनिक सडकमा गत असार ५ गते दिउँसो करिब १ बजे सोही ठाउँका ५९ वर्षीय हिरालाल चलाउनेले बालिकालाई झारफुक गर्ने भन्दै हात र मुक्काले कुटपिट गरेका थिए । बालिकामाथि कुटपिट गरिएको घटनाको दृश्य सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले घटनामा संलग्न चलाउनेको खोजी थालेको थियो । प्रहरीले चलाउनेलाई बारेकोट गाउँपालिका–६ बाट पक्राउ गरेको हो । पक्राउ परेका चलाउनेलाई प्रहरीले सोही दिन जाजरकोट जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिएर…
Read More

उत्कृष्ट सेवा दिने सरकारी अस्पताललाई पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको योजना

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने योजना अघि सारेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये स्वास्थ्य क्षेत्र सुधारअन्तर्गत अस्पताल सेवाको सुधारलाई पहिलो प्राथमिकतामा राखिएको थियो । सोहीअनुसार ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ । कार्यविधि लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन र अस्पताल सेवामा थप सुधारका लागि आवश्यक पहल गर्नुपर्ने देखिएकाले मन्त्रालयले सबै सरकारी अस्पताललाई सेवा सुधारमा सक्रिय हुन आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय…
Read More

किन बिर्सन गाह्रो हुन्छ पहिलो प्रेम ?

काठमाडौँ । धेरै मानिसका लागि पहिलो प्रेम जीवनको सबैभन्दा अविस्मरणीय अनुभवमध्ये एक मानिन्छ । वर्षौं बितिसक्दा पनि पहिलो प्रेमसँग जोडिएका सम्झनाहरू किन ताजा रहन्छन् भन्ने विषयमा भएका मनोवैज्ञानिक अध्ययनहरूले यसको कारण मस्तिष्कको विकास, भावना र स्मरणशक्तिसँग जोडिएको देखाएका छन् । विशेषज्ञहरूका अनुसार अधिकांश मानिसले किशोरावस्थामा पहिलो प्रेमको अनुभव गर्छन् । यही उमेरमा मस्तिष्कको स्मरण क्षमता अत्यन्त सक्रिय हुने भएकाले त्यतिबेलाका घटनाहरू दीर्घकालसम्म सम्झनामा रहन्छन् । भावनात्मक रूपमा गहिरो प्रभाव पार्ने अनुभवहरू सामान्य घटनाभन्दा धेरै समयसम्म स्मरणमा रहने वैज्ञानिकहरूको भनाइ छ । अनुसन्धानले पहिलो पटक अनुभव गरिएका घटना, जीवनमा ठूलो प्रभाव पार्ने क्षण तथा अत्यधिक खुसी, उत्साह, पीडा वा निराशा जस्ता…
Read More

कृषि मौसम बुलेटिन: आगामी साता देशभर वर्षाको सम्भावना, बाली जोगाउन परिषद्को सुझाव

काठमाडौँ । आगामी साउन २२ देखि २८ गतेसम्म देशभर मनसुनी वायुको प्रभाव रहने भएकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी गरेको कृषि-मौसम सल्लाह बुलेटिनले हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै हिमपात र तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । साताको सुरुआतमा मनसुनको न्यूनचापीय रेखा आसपासमै रहने र साताको अन्त्यतिर नेपालनजिक उत्तरतर्फ सर्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा साताको मध्य र अन्त्यतिर धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भारी वर्षा तथा…
Read More

आज अन्तर्राष्ट्रिय बिरालो दिवस

काठमाडौँ । प्रत्येक वर्ष अगस्ट ८ मा अन्तर्राष्ट्रिय बिरालो दिवस मनाइन्छ । बिरालोको संरक्षण, स्वास्थ्य तथा कल्याणबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय पशु कल्याण कोषले सन् २००२ मा अन्तर्राष्ट्रिय बिरालो दिवसको सुरुआत गरेको थियो । यस दिवसले बिरालोप्रति मानिसको जिम्मेवारीबारे जानकारी गराउनुका साथै उनीहरूको उचित हेरचाह र संरक्षणका उपायबारे सचेत गराउने उद्देश्य राख्छ । यस वर्षको अभियान #ThinkCat अर्थात ‘सोचौँ बिरालो’ भन्ने अवधारणामा केन्द्रित छ । यसअन्तर्गत बिरालोको हेरचाह र उनीहरूसँगको व्यवहार मैत्रीपूर्ण बनाउनुपर्ने, बिरालोको नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा उनीहरूको जीवनका विभिन्न चरणअनुसार आवश्यक सल्लाह र जानकारी लिनुपर्ने विषयमा जोड दिइएको छ । सन्…
Read More