काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्गीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक शुरु हुदैछ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३' पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले (क) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची…
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । विभागले आज पहिलो उपहार कार्यक्रम घोषणा गर्दैछ । विभागले साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेवसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिने बताएको छ । जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक-एक लाख रुपैयाँ नगद उपहार पाउने छन्। यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ।…
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यहि साउन २६ गते स्वदेश फर्किने भएका छन् । देउवा निकट कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गतेकाठमाडौं आइपुग्ने भएका हुन् । गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए । काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ । देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ भने अर्कोतर्फ देउवा र पूर्व उपसभापति पूर्ण बहादुर खड्काले सर्वोच्चमा दिएको यसअघिको आदेशको पुनरावलोकन निवेदन स्वीकृत भएपछि काँग्रेस विवाद बारे सर्वोच्चमा फेरी शुरु देखि सुनुवाई हुने भएको छ ।…
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ । मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग…
काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं आइपुग्ने भएको छ । गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याउन लागिएको हो । शव काठमाडौं आइपुगेपछि श्रद्धाञ्जली कार्यक्रम तय गर्ने नेपाल पर्वतारोहण संघले तयारी गरेको छ । यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ । पुर्जाको शव दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बुधबार मात्र हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो । उद्धार टोलीको…