खोज्नुहोस

Blog

होटल संघ नेपाल सुदूरपश्चिमको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध

होटल संघ नेपाल सुदूरपश्चिमको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध

होटल संघ नेपाल (ज्ब्ल्) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन तथा होटल व्यवसायको विकास, प्रवद्र्धन र व्यवसायीको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भट्टले सुदूरपश्चिमको पर्यटन तथा होटल व्यवसायको समृद्धिका लागि इमानदारी, पारदर्शिता र समन्वयका साथ समर्पित भएर काम गर्ने बताए । प्रदेशमा पर्यटनका प्रशस्त सम्भावना रहेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले सुदूरपश्चिम महत्वपूर्ण सम्भावना बोकेको प्रदेश भए पनि पर्यटन पूर्वाधार, प्रचार–प्रसार तथा व्यवसायिक…
Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा पुनः बस्ने भएको छ । आइतबार सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँगको भेटघाट र छलफलपछि सभापति थापाले त्यहाँको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए । आइतबारको बैठकमा १७ जनाले आफ्नो धारणा राखेका थिए। छलफल पूरा नभएकाले बैठक आज पुनः बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकमा सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, चन्द्रकान्त भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए। प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ…
Read More

आजदेखि तुइनखोलामा माटो कटान कार्य गरिदै, सवारी आवागमनमा आंशिक रोक

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन आजदेखि सवारी आवागमनमा आंशिक रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि प्रत्येक दिन सवारी साधन सञ्चालनमा रोक लगाएर माटो कटानको काम गरिनेछ । सडकखण्डमा सवारी साधनको आवागमन न्यून रहेको समयको सदुपयोग गर्दै कामलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको हो । हाल मुग्लिन-काठमाडौँ सडक अन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने कार्य भएकाले सडक बन्द रहेको छ । प्रशासनले बिहान ६ देखि ८ बजेसम्म, ८: ३० देखि १०: ३० बजेसम्म, ११ देखि १ बजेसम्म, दिउँसो १: ३० देखि २: ३० बजेसम्म र ४ देखि ६ बजेसम्म सवारी आवागमन…
Read More

बाढीमा ज्यान गुमाउनेको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । सरकारले निर्णय गरे अनुसार आज भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाइदैछ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो । भदौ १० गते आएको भिषण बाढीको १३औँ दिनको पुण्यतिथिको दिन आज राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको थियो । यस बाढीमा अहिलेसम्म १३ सय भन्दा बढीको शव फेला परेको छ भने करिब ५ हजार अझै सम्पर्कविहिन रहेका छन् ।  
Read More

आज निजामती सेवा दिवस, औपचारिक कार्यक्रम नहुने

काठमाडौँ । आज निजामती सेवा दिवस परेको छ । नेपालमा निजामती सेवा गठन भएको लामो समयपछि विस २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । यस बर्ष भने सरकारले २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको…
Read More