काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मुख्य सडकलाई आधार मानेर भित्री भवनको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने निर्णय गरेको छ । महानगरको ५५औँ कार्यपालिका बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले मालपोतसँगको छलफलबाट समाधान नभए विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगले संयुक्त अध्ययन गरी उपाय खोज्ने बताए । उनले पर्याप्त अध्ययनबिनै राजस्व दर हेरफेर नगरिएको र अघिल्लो दररेट नै कायम राखिएको स्पष्ट पारेकी थिइन् । बैठकले सहरी योजना आयोगका सदस्यमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डंगोल, पुरुषोत्तम महत र दामोदर गिरीको नियुक्ति अनुमोदन गरेको छ। साथै नगर प्रहरीमा बढुवा,…
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ । मंगलबार इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान ३:३० बजे उपचारकै क्रममा मृत्यु छ । मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्प गएराती ३ बजे ७ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले सूचना जारी गर्दै सोमबार बिहान ५ बजेदेखि जिल्लाका सबै क्षेत्रमा यसअघि जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएका हुन् । प्रशासनले आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र जिल्लाको सुरक्षा व्यवस्था तथा जनजीवन सामान्यीकरण तर्फ उन्मुख भएकोले निषेधाज्ञा हटाएको बताएको छ ।
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमले खान पकाउने ग्यासको मुल्य भने यथावत राखेको जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ । डिजेल/मट्टितेलको पनि २०० रुपैयाँ…