खोज्नुहोस

Blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो नीतिगत चुनौती

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत तथा प्रक्रियागत अवरोध भएको बताएका छन् । जग्गा अधिग्रहण, मुआब्जा व्यवस्थापन, स्रोत सुनिश्चितता, अन्तरनिकाय समन्वय र ठेक्का व्यवस्थापनमा सुधार नगरी अपेक्षित विकास सम्भव नहुने उनको भनाइ छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूले आर्थिक वर्षको अन्तिम चरणतिर मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै छोटो अवधिमा मन्त्रालयका नीति, कार्यक्रम तथा आयोजनाको समीक्षा गर्दा गत वर्ष उपलब्धि र आत्मसमीक्षा दुवैका…
Read More

ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जाको निधन भएको पुष्टि

काठमाडौं । आरोहण व्यवस्थापन कम्पनी एलिट एक्सपिडले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल पुर्जाको दुःखद निधन भएको पुष्टि भएको जनाएको छ । साथै, उक्त आरोहण दलका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको उल्लेख गरिएको छ । एलिट एक्सपिडले यस दुःखद घटनामा निर्मल पुर्जासँगै उनका विश्वासिला आरोहण सहयात्री तथा पथप्रदर्शक पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको जनाएको छ । कम्पनीले शोक वक्तव्य जारी गर्दै यस दुर्घटनामा ज्यान गुमाउने सबैप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूका परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना…
Read More

जनकपुरधाममा कर्फ्यू आंशिक रूपमा खुकुलो, १० बजेसम्म अत्यावश्यक सामग्री किन्न पाइने

जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशलाई कायम राख्दै सर्वसाधारणको दैनिक जीवन सहज बनाउन शनिबार बिहान केही समयका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीबाट साउन १४ गते जारी गरिएको कर्फ्यू आदेश यथावत् रहनेछ । तर, शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो गरिएको हो । प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रशासनका अनुसार कर्फ्यू अवधिमा पनि अस्पताल, औषधि पसल, हवाई सेवा,…
Read More

विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ

काठमाडौँ  । विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो । सन् १९९२ देखि प्रत्येक वर्ष अगस्ट १ तारिखदेखि मनाउँदैं आएको विश्व स्तनपान दिवस १ अगष्टबाट एक हप्तासम्म मनाइन्छ । विश्वभरका विभिन्न देशहरुजस्तै नेपालले पनि विगत लामो समयदेखि यो दिवसलाई आत्मसात गर्दै सोही अनुरुप विभिन्न कार्यक्रम गरेर मनाइदैं आएको हो । विश्व स्तनपान सप्ताह २०२६ को आधिकारिक नारा 'जीवनको दिगो सुरुआतका लागि स्तनपान : प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ रहेको छ । यस वर्षको अभियानले स्तनपान प्रवर्द्धनका लागि भएका प्रयासहरूको प्रभाव मूल्याङ्कन गर्ने, प्रगतिलाई नियमित रूपमा अनुगमन गर्ने तथा समुदाय…
Read More

गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ । गृहमन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र परिवारलाई १०-१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । गृहमन्त्रीले हस्ताक्षर गरेको सहमति पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ । प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने दुवै पक्ष सहमति भएको छ ।…
Read More