काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात विस्तारका लागि हाल सञ्चालनमा रहेका ७ बसलाई बढाएर २८ पुर्याउने प्रस्ताव गरेको छ । रात्रिकालीन यातायातको प्रभाव अध्ययन गर्न गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो । हाल नागढुङ्गा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा सेवा सञ्चालन भइरहेको छ। प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायु सेवासम्मका रुट रहेका छन्। यी रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र र उपत्यकाका मुख्य नाकालाई जोड्नेछन् । वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले रात्रिकालीन सेवा लिएका थिए । एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गरेकोमा…
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिम १२० जना गरी ७८८ जनाको शव फेला परेको हो । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले कोषमा एक करोड सहयोग गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गरेका छन् । काँग्रेस विपदमा राहत र उद्धारका लागि पार्टीका प्रशिक्षित कार्यकर्ताका साथै भातृ संगठनलाई पनि खटाएको उनले जानकारी दिए । यसअघि आजै सभापति गगन थापाले बढीपछि अहिलेसम्म पार्टीले गरेका काम र प्रभावित जिल्लाको अवस्था बारे सम्बन्धित जिल्लाका नेताहरुसँग छलफल गरेका…
काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका र आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको जनाएको छ । निगमले ग्यास उद्योगीसँग छलफल गरी काठमाडौँ तथा आसपासका जिल्लामा ग्यास बिक्री वितरण गर्ने उद्योगलाई बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य पायक पर्ने जिल्लाका ग्यास उद्योगसँग समन्वय गर्न भनेको छ । ती उद्योगमा आफ्ना ग्यास बोकेका ट्याङ्कर खाली गरी सिलिन्डर भरेर कृष्णभीरको सडक नखुलेसम्म ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । त्यसैगरी…
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्राविधिक प्रतिवेदनले बाढीको तीव्रता, फैलावट, नदी प्रणालीमा थपिएको पानीको मात्रा र पूर्वसूचना प्रणालीको प्रभावबारे महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा प्रवेश गरेको बाढी करिब साढे ६ घण्टामा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको देवघाटसम्म पुगेको थियो । यस क्रममा भोटेकोशीको बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीमा मिसिएको थियो । सरकारी प्राविधिक विश्लेषणले यो घटनालाई केवल भोटेकोशीमा आएको स्थानीय बाढीका रूपमा नभई नदीको माथिल्लो क्षेत्रमा अचानक ठूलो परिमाणमा पानी थपिँदा क्रमशः तल्लो तटीय क्षेत्रमा सर्दै गएको बहुप्रभावी बाढीका रूपमा देखाएको…