खोज्नुहोस

Blog

आज साउन १५, खीर खाएर मनाईदै

काठमाडौँ  । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरु बताउछन् । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी…
Read More

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । यसअघि सुरक्षा परिषदको बैठक गरेका प्रधानमन्त्री शाहले त्यसपछि गृहमन्त्री सुदन गुरुङसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीतार्फ़ लागेको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले केहीबेरमा सम्बोधनको गर्ने भएका छन् । सुनसरीमा भएको घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको छ भने विहिबार सिरहामा एक जनाको गोली लागेर मृत्यु भएको छ ।  
Read More

नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै

काठमाडौँ । नेपालमा पाटेबाघको अनुमानित संख्या बढेर ४२९ पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालमा हाल ४०२ देखि ५०० को दायरामा रहने अनुमानसहित ४२९ वटा बाघ रहेको जनाएको हो । विभागका अनुसार नेपालमा बाघ पाइने पाँच राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा गरिएको सर्वेक्षणमा चितवनमा सबैभन्दा धेरै १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेको अनुमान गरिएको छ । राष्ट्रिय बाघ सर्वेक्षणका लागि सन् २०२५ डिसेम्बर १६ देखि सन् २०२६ अप्रिल २३ सम्म पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय…
Read More

सर्बदलीय बैठक शुरु

काठमाडौं । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति लामिछानेसहित काँग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक प्रचण्डलगायतका नेताहरु सहभागी भएका छन् । बैठकमा सुनसरीको अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन, सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई कायम राख्ने विषयमा छलफल हुने बताइएको छ ।  
Read More

आज विश्व बाघ दिवस मनाइदै

काठमाडौँ । बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई विश्व बाघ दिवसका रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी…
Read More