काठमाडौं । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बिहान बस्दैछ । पार्टीका अनुसार बैठक आज बिहान ८ बजे प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा बस्नेछ । छलफलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र चन्द्रकान्त (सीके) राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ । सभापतिको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिसकिएको छ । साथै सभापति लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं टेलिफोनमार्फत सम्पर्क गरेर बैठकमा सहभागी हुन आग्रह गरेका छन् । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सुनसरीको अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न…
काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले यसअघि मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो । संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गरी कारबाही नगरेको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय गरिएको तथा वार्तामा गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप लगाएको छ। संघले यसलाई अत्यन्त लज्जास्पद र दुःखद…
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको पुष्टि गरेका हुन् । प्रवक्ता जयसवालले पत्रकारले सोधेको प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी दिएका थिए । यसअघि प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले केहि समय अघि दिल्ली पुगेर प्रधानमन्त्री शाहको भ्रमणको विषयमा भारतीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरेको विषय बाहिरिएको थियो ।
सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि शाहीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । ४२ सदस्यीय प्रदेश सभामा शाहीलाई नेकपा एमाले र नेकपाका २४ सांसदको समर्थन गरेको छ । शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।
काठमाडौं । चिकित्सा शिक्षा सुधार, सुशासन तथा विभिन्न माग राख्दै धनगढीमा २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सोमबार नेपाल सरकारद्वारा गठित उच्चस्तरीय वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि विभिन्न विषयमा सहमति जुटेसँगै उनको सत्याग्रह अन्त्य भएको हो । सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा तीन सय शैयाको शिक्षण अस्पतालसहित सञ्चालनमा ल्याइनेछ । चालु आर्थिक वर्षदेखि नै एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ । त्यस्तै, विश्वविद्यालयसम्बन्धी कानुन संशोधनका क्रममा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटिने भएको छ । पदाधिकारीहरूको योग्यता तथा नियुक्तिसम्बन्धी…