काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ साउन १ गतेअघि खपत भएको विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै यस विषयमा उपभोक्ता र व्यवसायीबीच देखिएको अन्योल हटाएको हो । विभागका अनुसार आर्थिक ऐन, २०८३ ले विद्युत सेवामा अन्तिम उपभोक्ताबाट पाँच प्रतिशत र अन्य उपभोक्ताबाट १३ प्रतिशत मूल्य अभिवृद्धि कर असुल गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था २०८३ साउन १ गतेदेखि मात्रै लागू भएको हो । यसअनुसार २०८३ असार मसान्तसम्म खपत भएको विद्युतको बिल साउन १ वा त्यसपछि जारी भए पनि साउनअघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । उक्त…
काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ । संघले उक्त घटनालाई अत्यन्तै गम्भीर भन्दै घोर भर्त्सना गरेको जनाएको छ। टाउकोमा गम्भीर चोट…
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार १२: १५ बजेदेखि शुरु हुदैछ । नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको छ । नेपालले पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक बिहान ११: ३० बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमामा बस्दैछ । बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ । बैठकमा सुरुआतमै शून्य समय राखिएको छ। त्यसपछि बीपी स्मृति दिवसका अवसरमा सम्पन्न वृक्षरोपण तथा अन्य कार्यक्रमहरूको समीक्षा गरिने कार्यसूची रहेको छ । यस्तै, प्रतिष्ठानअन्तर्गत रहेका उपसमितिहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन्। आवश्यकताअनुसार थप उपसमिति विस्तार गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा विविध एजेन्डामाथि समेत छलफल हुने कार्यसूची रहेको नेपाली कांग्रेसले…
सुर्खेत । कर्णाली प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका छन् । शनिबार प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदमा बहुमतको दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई साउन १२ गते अपराह्न ५ बजेसम्मको समय दिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले भनेको छ- 'मुख्यमन्त्री यामलाल कडेलज्यूले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आज मिति २०८३/०४/०९ गते साझ ५:०० बजे दिनु भएको लिखित राजिनामा आज मिति २०८३/०४/०९ गते देखि लागु हुने गरि स्वीकृत भएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा…