काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरूः १- सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गर्ने। २- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रुपियाँ करिब २ अर्ब ७३ करोड अनुदान सहायता स्वीकार गर्ने । ३- २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने ज्वाइन्ट वार्किंग ग्रुप अन बर्डर म्यानेजमेन्टको १४औं बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने। ४-…
भरतबन्धु थापा आज विश्व फोटोग्राफी दिवस । विश्वभर फोटो प्रति रुचि तथा कर्म गर्नेहरुले उत्साहका साथ दिवस मनाई रहेका छन् । प्रत्येक बर्ष अगस्ट १९ का दिनमा विश्व फोटोग्राफी दिवस मनाइने गररिन्छ । यो दिन केवल क्यामेरा र तस्बिरको उत्सवको समय मात्र होइन । समय, समाज, इतिहास, संस्कृति र मानवीय भावनालाई एउटा फ्रेममा सुरक्षित राख्ने कलाको सम्मान गर्ने दिन पनि हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्सेली सरकारले लुइस ड्याग्युरले विकास गरेको ड्याग्युरोटाइप प्रक्रियालाई सार्वजनिक गर्दै संसारका लागि उपलब्ध गराएको घटनाको स्मरणमा यो दिवस मनाउने गरिन्छ । समयको क्रम र फोटोग्राफीको विकाससँगै संसारलाई हेर्ने र बुझ्ने हाम्रो दृष्टिकोण पनि…
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा.नारायणबहादुर महोत्रा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष,उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । त्यस्तै परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा.सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन् । त्यस्तै, नवनियुक्त उपाध्यक्ष डा.नारायणबहादुर महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान,महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन् ।
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । आइतबार काठमाडौँ आइपुगेका सेठलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । सेठले नेपाल भ्रमणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने बताइएको छ । नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने…
काठमाडौँ । आज थारु समुदायले गुरिया (गुरही) पर्व मनाउदैछन् । थारु समुदायमा गुरिया वा गुरही पर्व साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीकै दिन हर्षोल्लासका साथ मनाइन्छ । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरजस्ता पश्चिम नेपालका थारु बाहुल्य क्षेत्रमा यसलाई गाउँको सुरक्षा, रोगव्याधी नलागोस् भन्ने कामना र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा मनाइन्छ । गुरही पर्व मुख्य रूपमा बालबालिकासँग जोडिएको पर्व हो । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावलाई उजागर गर्छ । पर्वका अवसरमा दिदीबहिनीले गुरिया फाल्ने र दाजुभाइले त्यसलाई लट्ठीले पिट्ने परम्परा छ । यस क्रममा बालबालिका रमाउँदै पर्व मनाउँछन् । गुरियालाई नराम्रा…