खोज्नुहोस

Blog

एमाले र नेकपाबीच प्रदेशमा सहकार्य गर्न तीन बुँदे सहमति, ओली र प्रचण्डले गरे हस्ताक्षर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका लागि तीन बुँदे सहमति भएको छ । दुवै दलले प्रदेश सभामा देखिएको बजेट निर्माणको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यले सहमति गरेको बताएका छन् । सहमतिअनुसार दुवै दलले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व…
Read More

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री कँडेलले प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै आफुले राजीनामा दिने घोषणा गरेका थिए । मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । यसअघि नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कंडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ । ४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद…
Read More

किशोरको सुरक्षाका लागि मेटाको नयाँ कदम, आत्महत्यासम्बन्धी संकेत देखिए अभिभावकलाई तुरुन्त सूचना जाने

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले कृत्रिम बुद्धिमत्तामा आधारित आफ्नो संवाद प्रणाली प्रयोग गर्ने किशोरको सुरक्षालाई प्राथमिकता दिँदै नयाँ सुरक्षा सुविधा सार्वजनिक गरेको छ । अब कुनै किशोरले मेटाको कृत्रिम बुद्धिमत्ता प्रणालीसँग कुरा गर्ने क्रममा आत्महत्या वा आफूलाई हानि पुर्‍याउने संकेत गरेमा त्यसबारे अभिभावकलाई तुरुन्त जानकारी गराइनेछ । मेटाका अनुसार यदि कुनै किशोरले कृत्रिम बुद्धिमत्तासँगको संवादमा आत्महत्या वा आत्महानिसम्बन्धी कुरा उल्लेख गर्छ भने प्रणालीले त्यस संवादलाई तत्काल जोखिमयुक्त भनेर चिन्ह लगाउनेछ । त्यसपछि मेटाको विशेष टोलीले उक्त संवादको प्रत्यक्ष समीक्षा गर्नेछ । टोलीले किशोर वास्तविक जोखिममा रहेको निष्कर्ष निकालेमा ढिलाइ नगरी अभिभावकलाई सूचना पठाइनेछ। यसको उद्देश्य परिवारलाई समयमै सचेत गराई आवश्यक…
Read More

क्वान्टासको ‘प्रोजेक्ट सनराइज’को पहिलो परीक्षण उडान सफल, १९ घण्टामा फ्रान्सबाट अस्ट्रेलिया

काठमाडौँ । अस्ट्रेलियाको राष्ट्रिय वायुसेवा कम्पनी क्वान्टासले आफ्नो महत्वाकांक्षी ‘प्रोजेक्ट सनराइज’ अन्तर्गत पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । फ्रान्सको टुलुजबाट उडेको विमान १९ घण्टा १३ मिनेटको निरन्तर उडानपछि शुक्रबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्दै नयाँ इतिहास रचेको हो । यो उडानमा विमानले करिब १७ हजार किलोमिटर दूरी पार गरेको क्वान्टासले जनाएको छ । परीक्षण उडानको मुख्य उद्देश्य विमानमा जडान गरिएको विशेष इन्धन प्रणालीको परीक्षण गर्नु थियो । उडानमा एयरबसका चार जना चालक र पाँच जना परीक्षण इन्जिनियर सहभागी थिए । यो विमानमा सामान्य ए–३५०–१००० मोडेलमा नहुने २० हजार लिटर क्षमताको अतिरिक्त इन्धन ट्याङ्की जडान गरिएको छ । यही…
Read More

आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपेर मनाईदै

काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका…
Read More