खोज्नुहोस

Blog

आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?

जुम्ला। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि…
Read More

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदै

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदैछ । सुकेधाराको मिराकल पार्टी भेन्युमा जारी भेला शुक्रबारदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन समारोह भएको भेलामा शनिबार बन्दसत्र भएको थियो । शनिबारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्मा विभिन्न प्रतिवेदन पेश गरेका थिए  । प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप…
Read More

स्वास्थ्य बीमामा अनलाइन आबद्धता र नवीकरण सेवा सुरु

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ । बोर्डका अनुसार विद्युतीय प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । यसका लागि राष्ट्रिय परिचयपत्रसँग प्रणालीलाई जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि आवश्यक विवरण म्यानुअल रूपमा पेश गर्न सक्नेछन् । स्वास्थ्य बीमा शुल्क हाल इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य बीमा गरेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक र नवीकरण गर्न सक्नेछन् ।…
Read More

जाजरकोट पहिरो अपडेट: तीन जना सम्पर्कविहीन, १० जना घाइते

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जना भने आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् । पहिरोपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ…
Read More

जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग सम्बोधन गर्न गठित समितिको कार्य प्रारम्भ

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारका मागहरूलाई सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरी कार्य प्रारम्भ गरेको छ । समितिको पहिलो बैठक समेत बसिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्नेछ । सरकार र जेन-जी प्रतिनिधिहरूबीच २०८२ मंसिर २४ गते भएको सम्झौता तथा मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको निर्णयबाट स्वीकृत 'जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज' को…
Read More