धनगढी । डा. गोविन्द केसीले धनगढीबाट अनशन सुरु गरेका छन् । विहिबार धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा पत्रकार सम्मेलन गरेर अनशन सुरु गरेका हुन् । डा. केसीले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित र केही अन्य गरी पाँचबुँदे माग अघि सारेका छन् । स्थापित नियम र मूल्यमान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू बदर गर्नुपर्ने माग उनले अघि सारेका छन् । विश्वविद्यालयको ऐनका विवादित प्रावधानहरू संशोधन गर्नुपर्ने माग उनले राखेका छन्। चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने उनको…
काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ७७ हजार २२२ कित्ता शेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने स्नो रिभरको शेयर १३.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पनिंग मिल्सको २८ करोड…
डोटि- डोटिको शिखर नगरपालिका–७ मा रहेको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बन्थडी देवताको ‘भराण’ ढलेपछि स्थानीयवासीले संरक्षणमा सम्बन्धित निकायले समयमै प्रभावकारी पहल नगरेको आरोप लगाएका छन्। जोखिममा रहेको जानकारी यसअघि नै स्थानीय सरकारलाई गराइएको भए पनि आवश्यक मर्मत तथा संरक्षण हुन नसक्दा संरचना ढल्न पुगेको स्थानीयवासीको भनाइ छ। स्थानीय रूपमा ‘भराण’ भनेर चिनिने बन्थडी देवताको मन्दिर लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्थानीयले बताएका छन्। समयमै प्राविधिक अध्ययन, मर्मत तथा संरक्षणको काम अघि बढाइएको भए संरचना जोगाउन सकिने उनीहरूको दाबी छ। स्थानीयवासीले अब ढलेको संरचनाको संरक्षण, प्राविधिक मूल्याङ्कन र पुनर्निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्। उनीहरूका अनुसार बन्थडी देवताको…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुसँग छलफलका क्रममा नेपालमा अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेपछि प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गरेका हुन् । यस्तै, अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान…
काठमाडौँ । जिल्ला सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम एस पाल पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात नमिलेको भन्दै दुःख हैरानी दिएर कर अधिकृत पालले घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा घुसस्वरूप लिइएको पाँच लाख रुपैयाँ नगद र एउटा मोबाइल…