खोज्नुहोस

Blog

काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर

काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर

काठमाडौँ । काँग्रेसमा विशेष महाधिवेशनको माग राख्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाइएको छ । कांग्रेस नेता गुरु घिमिरेले विशेष अधिवेशनको माग गर्दै ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिएका छन् । सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन गर्ने बताए पनि उनी पक्षका नेताहरु मंसिर भित्र महाधिवेशन गर्न तयार नभएपछि आज विसहेश महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइएको छ । काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।  
Read More
दुई महिनामा रेमिटेन्स ३३.१ प्रतिशतले बढ्यो

दुई महिनामा रेमिटेन्स ३३.१ प्रतिशतले बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स ३३.१ प्रतिशतले बढेर ३५२ अर्ब ८ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२७ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो…
Read More
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो- परराष्ट्र मन्त्रालय

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो- परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भएको जानकारी दिएको छ । विपिन जोशीको मृत्यु भएको पुष्टि भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित नेशनल सेन्टर फर फोरेन्सिक मेडिसिनको भ्रमण गरी थप पुष्टि गरेको उल्लेख गर्दै नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायहरूसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया शुरू गरेको बताएको छ । त्यस्तै आज अपरान्ह परराष्ट्र सचिव अमृत बहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल महामहिम  एडन बर तालसँग टेलिफोन कुराकानीमा तालले विपिन जोशीको दु:खद निधन भएको औपचारिक जानकारी गराउँदै इजरायल सरकारको तर्फबाट मृतकप्रति श्रद्धान्जली ब्यक्त गर्दै निजको परिवार, नेपाल सरकार…
Read More
कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, एजेण्डामा अझै विवाद

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, एजेण्डामा अझै विवाद

काठमाडौं । नेपाली काँगेसको केन्द्रीय समितिको बैठक जेनजी आन्दोलनपछि पहिलोपटक आजदेखि शुरु हुदै छ ।  बैठक आज दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा शुरु हुदैछ । यस बैठकको मुख्य एजेन्डा कांग्रेसको महाधिवेशन कहिले गर्ने भन्ने रहेको छ । अहिले कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन बारे बहस चलिरहेको छ । अर्कोतर्फ केन्द्रीय समितिको बैठकका एजेण्डा तय नभएपछि केहि दिनदेखि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार ११ बजे फेरी बैठक बोलाइएको छ । सो बैठकले एजेन्डा तय गरेपछि र दिउसो १ बजेदेखि केन्द्रीय समितिको बैठक शुरु गर्ने बताइएको छ । अर्कोटार्ग एक पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन…
Read More
आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै

आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदैछ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । यस बर्षको अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको नारा  'विपद्पछि मात्र खर्च गर्नुको सट्टा, रोकथाम र तयारीमा लगानी गरौं' भन्ने रहेको छ । पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ । नेपाल छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि नेपालले पनि पछिल्ला समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको छ…
Read More