खोज्नुहोस

Blog

जुम्लाको गुठिचौरमा दोस्रो प्याराग्लाइडिङ महोत्सव

जुम्लाको गुठिचौरमा दोस्रो प्याराग्लाइडिङ महोत्सव

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका-२ गुठिचौरमा दोस्रो प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । गुठिचौर गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव असोज ११ सम्म चल्नेछ । महोत्सव उद्घाटन गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले गरेका थिए । आइतबार पहिलो दिनमा २५ वटा उडान भरेको अध्यक्ष बुढाले वताए । प्याराग्लाइडिङ महोत्सवमा पोखरा,  स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक जुम्ला आइपुगेका छन् । यो वर्ष २ सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । अघिल्लो वर्ष गरिएको पहिलो प्याराग्लाइडिङ महोत्सवमा २ सय ३४ उडान गरिएको थियो । साहसिक पर्यटन विकास गर्न प्याराग्लाइडिङ क्षेत्रलाई प्रवर्द्धन गर्न लागिएको हो । महोत्सव मनोरञ्जनका लागि मात्र नभइ गुठिचौरलाई…
Read More
एआइजी डा. मनोज केसीलाई सीआईबीको जिम्मेवारी

एआइजी डा. मनोज केसीलाई सीआईबीको जिम्मेवारी

काठमाडौं । एआइजी डा. मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी डा. केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका हुन् । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए ।
Read More
मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा प्रधानमन्त्री कार्की

मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीमा रहेकी छन् । हाल तीन जना मात्र मन्त्री बनाएकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्न स्वतन्त्र, पुर्व कर्मचारी र अन्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेकी छन् । उनले आजै मन्त्रीहरुको टुंगो लगाउने गरि छलफल गरिरहेको बुझिएको छ । प्रधानमन्त्री कार्कीले जेनजीका केहि प्रतिनिधिहरु, आफु निकट सहयोगीहरुसँग छलफल गरिरहेकी छन् । अहिलेसम्म महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा.  संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल,  सुदन गुरुङ, रक्षा बम, पुर्व न्यायाधीश अनिलकुमार सिन्हा लगायतको नामको बारेमा छलफल भएको छ । यी नामको विषयमा छलफल भएपनि निर्णय हुन बने बाँकी रहेको बताइएको छ । प्रधानमन्त्री कार्कीले…
Read More
काठमाडौँ महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिदै

काठमाडौँ महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकेको एम्बुलेन्स वितरण गर्ने कार्य फेरी सुचारु गरेको छ । महानगरका प्रमुख बालेन शाहले यस बारेमा जानकारी दिदै असोज ७ गतेदेखि एम्बुलेन्स वितरण शुरु गर्ने बताएका हुन् । बालेनका अनुसार पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई  एम्बुलेन्स वितरण गरिने छ । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पीछडिएका  स्थानलाई प्राथमिकता दिइएको बालेनले उल्लेख गरेका छन् । उनले स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएको विश्वास व्यक्त गर्दै देशका दुर्गम भूभागमा जीवन बचाउनु आफुहरुको कर्तव्य समेत भएको बताएका छन् । बालेनले यो मात्र सुरुवात भएको बताउदै कसैले स्वास्थ्य…
Read More
राष्ट्रपति पौडेलबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पाइने जस्ता व्यवस्था गरिएको छ । प्रतिनिधिसभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते उक्त विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।
Read More