खोज्नुहोस

Blog

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै आइएको छ । आज कालिगढले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन् । त्यस्तै आज विश्वकर्माको मूर्ति बाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आज…
Read More
१२ बर्षिय नाबालकलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ बर्षिय नाबालकलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने रामचन्द्र ढुङ्गानालाई प्रहीले पक्राउ गरेको छ । रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
Read More
यस्तो छ बडा दशैँको टीकाको साइत

यस्तो छ बडा दशैँको टीकाको साइत

काठमाडौं । यस वर्षको बडा दशैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडा दशैँको शुभ साइत सार्बजनिक गर्दै असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । २०८२ सालको विजयादशमीका शुभसाइत:  १- वि.सं. २०८२ साल असोज ६ गते सोमवार- नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे । २. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९: ५३ बजे (पूर्व मोहडा) । ३- वि.सं. २०८२ साल असोज ११ गते शनिवार - श्रीपचलीभैरव यात्रा । ४- वि.सं. २०८२ साल असोज १३…
Read More
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशनको अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रिय सभाको चालु अधिवेशन आजराती १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
Read More
पूर्व उर्जामन्त्री खड्काले प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न कुलमानको निर्देशन

पूर्व उर्जामन्त्री खड्काले प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न कुलमानको निर्देशन

काठमाडौँ  । उर्जामन्त्री कुलमान घिसिङले पूर्व उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् । कुलमानको निर्देशनपछि उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै सो कार्यालय आवश्यक नभएको र प्राधिकरणले प्रयोग गर्न सचिव स्तरीय निर्णय गरेर निर्देशन दिएको छ । यसअघि पुर्व मन्त्री खड्काले प्राधिकरणमा संचालक समितिको अध्यक्षको लागि भन्दै आफ्नो कार्यालय खोलेपछि चौतर्फी आलोचना भएको थियो ।
Read More