खोज्नुहोस

Blog

११ महिनामा व्यापार घाटा १५.७ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई…
Read More

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ । प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रमुखको प्रस्तावमा विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको  कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकले अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान…
Read More

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको भेटमा के भयो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र  रास्वपा सभापति रवि लामिछानेबीच आइतबार छलफल भएको छ । हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा  उनीहरूका बीच कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री बालेन स्वयम् सभापति  लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवास पुगेका थिए । उनीहरूबीचमा करिब चार घण्टा छलफल भएको थियो । गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध भइरहेको बेला शिर्ष नेता बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ छ । यस विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेले अहिलेसम्म कुनै सार्बजनिक प्रतिक्रिया दिएका छैनन् । भेटमा पार्टी सभापति रवि लामिछानेले सुकुम्बासी समस्याको तत्काल समाधान…
Read More

विश्वकप फाइनलको दौडमा चार देश, को छ अगाडी ?

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको १०० खेल पूरा गर्दै अन्तिम चरणमा प्रवेश गरेको छ । अब उपाधिका लागि फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना मात्र प्रतिस्पर्धामा बाँकी छन् । विश्लेषकहरुले अहिलेसम्मको खेल विश्लेषण गर्दा फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मानेको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हरायो । स्पेनले अतिरिक्त समयमा मिकेल मेरिनोको निर्णायक गोलमा बेल्जियमलाई पराजित गर्‍यो । इङ्ग्ल्यान्डले जुड बेलिङ्घमको दुई गोलमा नर्वेमाथि पुनरागमन जित निकाल्यो भने अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । विशेष कुरा, प्रतियोगिता सुरु हुनुअघि उपाधिका शीर्ष चार दाबेदारका रूपमा छनोट गरिएका चारै टोली सेमिफाइनलमा पुगेका छन् ।…
Read More

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आव २०८२/८३ मा राष्ट्रिय योजना आयोगबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, १६औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्था बारे छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । त्यसैगरी आज दिउसो १ बजे…
Read More