खोज्नुहोस

Blog

एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार हिनामिना गरी व्यक्तिगत लाभ लिएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै विद्यालयलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ । अनुसन्धानका क्रममा विद्यालयलाई हानि पुर्‍याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीको नाममा बिक्री गरिएको खुलेको सीआईबीले…
Read More

रास्वपाको महामन्त्रीमा विपिन आचार्य विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन् । महामन्त्री पदमा आचार्यसहित मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै रास्वपाको महिला तर्फको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् ।  
Read More

रास्वपा सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् । चितवनको भरतपुरमा आज भएको पदाधिकारीको मतदानमा दुई सहमहामन्त्रीमा ढकाल र शाह विजयी भएका हुन्। ढकाल प्रतिनिधि सभा सांसद हुन् भने शाह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन् । शाह अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिए । दुई सहमहामन्त्रीको लागि ढकाल र शाहसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू र हिमेश पन्तबीच प्रतिष्पर्धा भएको थियो । त्यस्तै महिलातर्फको सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् । महिला सहमहामन्त्रीमा डाँगीसहित जुली यादव,…
Read More

रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फको उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन् । गौतमले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । गौतमले ७८९ मत प्राप्त गरेकी छन् भने कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन् ।  
Read More

विश्वकपमा समुह ‘एच’ का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउटको समीकरण ?

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को अन्तिम खेलमा भोली बिहान हुदैछन् । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि उरुग्वे र स्पेन तथा केप भर्डे र साउदी अरेबिया खेल्दैछन्  । यसअघि स्पेनले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ भने उरुग्वे, केप भर्डे र साउदी अरेबिया बाँकी एक स्थानका लागि प्रतिस्पर्धामा छन् ।  स्पेन दुई खेलबाट चार अंकसहित समूहको शीर्ष स्थानमा छ । केप भर्डे र उरुग्वेका समान दुई-दुई अंक छन् भने साउदी अरेबियाको एक अंक छ । यस समूहको अन्तिम खेलले दोस्रो टोलीको टुंगो लगाउनेछ । स्पेन यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । उरुग्वेले स्पेनलाई हराएमा पाँच…
Read More