खोज्नुहोस

Blog

तराईमा अत्यधिक गर्मी, नेपालगञ्जको खजुरामा ४०.२ डिग्री पुग्यो तापक्रम

काठमाडौँ । देशभरका विभिन्न स्थानमा तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालदेखि मधेशसम्मका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी देखिएको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा तुलनात्मक रूपमा चिसोपना कायम रहेको छ। जसअनुसार विहिबार दिउसो ३ बजे बाँकेको नेपालगञ्जस्थित खजुरामा सबैभन्दा धेरै ४०.२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । त्यस्तै, लुम्बिनी, मधेश र मध्य तराईका विभिन्न स्थानमा ३५ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। पश्चिम तराईका केही क्षेत्रमा ३९.१, ३८.८ र ३८ डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएकाले ती क्षेत्रमा तातो हावा र अत्यधिक गर्मीको प्रभाव रहेको छ । मध्य तथा पूर्वी तराईका धेरै…
Read More

सहकारी क्षेत्रमा कडाई, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ। मन्त्रालयले सातै प्रदेश र स्थानीय तहहरुलाई तहहरुलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो। मन्त्रालयका अनुसार देशभर कानुनविपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीहरूको वास्तविक अवस्था पहिचान गर्न १० बुँदे कार्ययोजना ल्याईएको हो । कार्ययोजनाअनुसार सबै सहकारी संस्थालाई अनिवार्य रूपमा कोपोमिस प्रणालीमा आबद्ध गराइनेछ। त्यस्तै सहकारी ऐनअनुसार संस्थाहरूको विवरण तथा अभिलेख अद्यावधिक गर्ने कामलाई तीव्रता दिइनेछ। मन्त्रालयले दुई वर्षभन्दा बढी समयदेखि साधारण सभा नगरेका, लेखापरीक्षण नगरेका तथा कोपोमिसमा आबद्ध नभएका सहकारी…
Read More

पिआर लिएर विदेश बसेका दुई कर्मचारीलाई कारबाही सिफारिस, अन्यको पनि खोजी हुँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो। सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र  स्थायी आवासीय अनुमति लिएको पाइएको हो । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत…
Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक बिहान ११ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको सम्बन्धि मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । जसअनुसार आज विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ…
Read More

अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य, पेजेशकियान र ट्रम्पले गरे सहमतिमा हस्ताक्षर

काठमाडौँ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानी राष्ट्रपति मसुद पेजेशकियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन् । आईआरएनएले सार्वजनिक गरेका तस्बिरमा राष्ट्रपति पेजेशकियानले सम्झौतासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरिरहेको तथा दुवै नेताको हस्ताक्षर भएको कागजात देखाउँदै गरेको दृश्य समावेश गरिएको छ । राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साय दरबारमा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता सम्पन्न भएको भर्साय दरबार ऐतिहासिक रूपमा पनि महत्वपूर्ण स्थान मानिन्छ । सन् १८७१ मा फ्रान्सले जर्मनीसँग प्रारम्भिक शान्ति सन्धिमा यहीँ हस्ताक्षर गरेको थियो भने सन् १९१९ मा…
Read More