खोज्नुहोस

Blog

सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर मनाइँदै

काठमाडौँ । आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ । स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले सूर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालका अन्तक्र्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन् । यस दिवसका अवसरमा सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्न नीतिगत वकालतका कार्यक्रम…
Read More

विद्युत् प्रयोगमा भ्याट लगाउने निर्णय अविवेकी- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णय अविवेकी निर्णय भएको टिप्पणी गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब   ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ। आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ? भन्दै प्रश्न गरेका छन् । उनले नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको बताएका छन् । उनले…
Read More
उद्योगमैत्री बजेट ल्याउने तयारीमा बागमती प्रदेश सरकार : मुख्यमन्त्री बानियाँ

उद्योगमैत्री बजेट ल्याउने तयारीमा बागमती प्रदेश सरकार : मुख्यमन्त्री बानियाँ

चितवन, १६ जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ। चितवनस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमन तथा निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री बानियाँले उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने जानकारी दिनुभयो। उहाँले व्यवसायीलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत उद्योगमैत्री कार्यक्रमहरू समावेश गरिने बताउनुभयो। मुख्यमन्त्री बानियाँका अनुसार वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगहरूलाई बैंकिङ ब्याजमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ। यस्ता उद्योगहरूलाई सहुलियतपूर्ण कर्जाको पहुँचमा पुर्‍याउने नीति प्रदेश सरकारले अघि बढाएको उहाँले बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रको व्यवस्थापन गर्दै ऊर्जालाई…
Read More

प्रचण्ड अस्वस्थ्य, मेडीसिटीमा भर्ना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड अस्वस्थ भएका छन् । प्रचण्डलाई केहि दिन अघिदेखि ज्वरो आइरहेको र हाल निमोनिया देखिएपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । शनिबार बिहान अस्पताल पुगेका प्रचण्डको हाल स्वास्थ्य सामान्य भएपनि चिकित्सकको सल्लाह अनुसार भर्ना गरिएको बताइएको छ । अस्वस्थ भएकैले उनी शुक्रबारको बजे भाषणमा संसदमा समेत अनुपस्थित रहेका थिए ।  
Read More

गैरआवासीय नेपाली संघले गर्यो बजेटको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली संघले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोरालाई लक्षित गर्दै ल्याएका विभिन्न नीतिगत व्यवस्थाको स्वागत गरेको छ । संघले संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने नारालाई व्यवहारमा उतार्ने सरकारी घोषणालाई ऐतिहासिक कदमको रूपमा लिएको जनाएको हो । संघका अनुसार सरकारले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्दै राष्ट्र निर्माणको मूलधारमा समावेश गर्ने घोषणा गरेकाले विश्वभर रहेका नेपालीमा उत्साह थपिएको छ । बजेटमार्फत गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी…
Read More