गोरखा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् । स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री खरेलले सबै दलबाट सूची दर्ता भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको उल्लेख गरे । उनले विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएकाले यसपटक पनि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको र शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या नरहेको दाबी गरे । मन्त्री खरेलले निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको उल्लेख गर्दै सरकारले मतदाता ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण…
जुम्ला - जुम्ला बहुमुखी क्याम्पसमा संकाय थप तथा शैक्षिक सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले समन्वय गरि जिल्लाका राजनीतिक दल स्थानीय तहका जनप्रतिनिधहरु र सरोकारवालाहरु सँग जुम्ला बहुमुखी क्यामपसमा संकाय थपको विषयमा छलफल गरिएको छ । क्याम्पसमा कानुन, सूचना प्रविधि (बीआइटी) र मानविकी संकाय थप गर्ने विषय छलफलको भएको छ । कार्यक्रममा जुम्लाका स्थानीय तहका प्रमुखहरूले उच्च शिक्षामा लगानी गर्न आफूहरू तयार रहेको स्पष्ट सन्देश दिएका छन् । राजनीतिक दल, स्थानीय तह र समुदायको सहकार्यले मात्र क्याम्पसमा गुणस्तर सुधार सम्भव हुन्छ । हामी सबै मिलेर लाग्यौँ भने जुम्लाको शैक्षिक स्तर माथि उठ्ने जुम्ला…
काठमाडौँ । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकाता हुने भएको छ । एकताको सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरल ले हस्ताक्षर गरेका छन् । जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसहितको बैठकले आइतबार राति दुवै दल एकीकरण गर्ने निर्णय गरेको हो । सहमतिमा भनिएको छ: मिति २०८२ पौष १३ गते जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौँमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याइन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता,…
काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिन जादैछन् । लेखकको सचिवालयले उनी अपराहन्न १२ बजे बयानका लागि आयोगमा जाने जानकारी दिएको छ । साथै लेखकले दिउसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन समेत गर्ने भएका छन् । आयोगले गत शुक्रबारसम्म बयान दिन पत्र लेखेको भएपनि लेखकले सोमबार बयान दिन आउने जानकारी आयोगलाई गराएको बताएका थिए । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो । आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी…
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको सूची बुझाउने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले आइतबारदेखि आज दिउसो ४ बजेसम्म समानुपातिकको सुची बुझाउने समय तोके अनुसार आज समय सकिन लागेको हो । यसअघि आइतबार नेपाल मजदुर किसान पार्टीसहित केहि दलले मात्र आफ्नो सूची आयोगमा बुझाएका छन् । सबै दलहरु समानुपातिकका उम्मेदवार छनौटमा व्यस्त रहेका छन् । आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन…