काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक सूची बारे व्यापक असन्तुष्टि देखिएको छ । कलाकार, खेलाडी र कन्टेन्ट क्रियटरहरुलाई समावेश गरेर कार्यकर्तालाई उपेक्षा गरेको आरोप लागि रहेका बेला रास्वपा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पदाधिकारी र सचिवालय सदस्य समानुपातिकको सुचिमा बसेको भन्दै प्रश्न उठाएकी छन् । उनले पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट नबनेको उल्लेख गर्दै पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा रहने भन्दै विरोध गरेकी छन् । तोसिमाले प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने प्रवृति पुराना दलभन्दा धेरै फरक नदेखिएको टिप्पणी गरेकी छन् । उनले पार्टीको पदाधिकारीमा रहनेले…
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष लड्ने उम्मेदवारले २५ लाख देखि ३१ लाखसम्म अधिकतम पैसा खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । आयोगले भौगोलिक क्षेत्रअनुसार खर्च सीमा निर्धारण गरेको छ । काठमाडौंको १० मध्ये १,३,६,७ र ८ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैयाँ खर्च गर्न पाउने र काठमाडौंको २, ४, ५, ९ र १० नम्बर क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएका छन् । त्यस्तै भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउने…
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले एकतामा आएका सबै दल र समुहलाई समेटेर समानुपातिक उम्मेदवार तय गरेको छ । पार्टीले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको थियो । सोहि अनुसार धेरै जसो नयाँ अनुहारलाई अवसर दिइएको छ । आयोगमा पेश भएका यी नाम पुन: संशोधन गर्न पनि सकिन्छ । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र दलले सोउम्मेदवारको सट्टामा अर्को नाम दिन आयोगले पुस ३० देखि माघ २ गतेसम्म समय दिने कार्यसूची रहेको छ । नेपाली कम्युनिस्ट पार्टीका ११० समानुपातिक उम्मेदवार: प्रमेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि गएराती मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८ जना र रास्वपाका ५२ जना रहेका छन् । रास्वपाका ११० समानुपातिक उम्मेदवार: आदिवासी जनजाति महिला टासी ल्हाजोम गंगा छन्त्याल सुम्निमा उदास अनुष्का श्रेष्ठ त्रिशला गुरुङ सिर्जना श्रेष्ठ रजनी श्रेष्ठ कुशुम महर्जन डा. ओजश्वी शेरचन सुनिता न्हेमाफुकी मीरा महर्जन एलिजा गुरुङ प्रमिला कुलुजु माया डोल्मा लामा विष्णुकुमारी गुरुङ सत्यकला राई निर्मला खिम्दिङ तुलसा वाइबा आदिवासी जनजाति पुरूष…
काठमाडौँ । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले…