जनकपुरधाम । मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो । जस अनुसार पुस ५ गते (आज) दिनको बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने शनिबारनै दिउसो साढे ३ बजे उम्मेदवारको सुची प्रकाशित गर्ने तालिका छ । त्यसपछि पुस ६ बजे दिनको १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुखलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् । प्रवक्ता मनिष झाक अनुसार लामिछानेआज चितवनको चौबिसकोटीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई छोटो सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रमपछि लामिछाने आजै दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिएका छन् । त्यस्तै रास्वपाले भोलि आइतबार दिउँसो ३ बजे, सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रहेको छ । लामिछाने उच्च अदालत बुटवलको आदेशमा शुक्रबारमात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थि
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धि अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सरकारले २०७८ को जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो । निर्वाचन ऐन २०७४ अनुसूची—१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने भएकाले…
काठमाडौँ । रवि लामिछाने कानुनी प्रक्रिया पुरा गरेपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् । अर्यालले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गरेको उल्लेख गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् । उनले सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक…
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीन कार्ड लटरी (डिभी भिसा कार्यक्रम) निलम्बन गरेका छन् । यो कार्यक्रममार्फत ब्राउन विश्वविद्यालय र एमआईटी गोलीकाण्डका संदिग्ध व्यक्ति संयुक्त राज्य अमेरिका प्रवेश गरेको पिए पछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम निलम्बन गरेको हो । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन गर्न आदेश दिएको बताएकी छन् । ट्रम्पले यो निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोड्दै ग्रीन कार्ड लटरी जस्ता कार्यक्रमहरू मार्फत अमेरिका प्रवेश गर्नेहरूको लागि पूर्ण पृष्ठभूमि जाँच आवश्यक रहेको बताउदै हालको प्रणालीमा त्रुटिहरू रहेको र यसबाट गलत फाइदा उठाउन सक्ने ठाउ रहेको बताएका छन् । ट्रम्प लामो समयदेखि डाइभर्सिटी…