काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सूची बारे चर्को विरोध भएपछि त्रुटी देखिए सच्याउने बताएको छ । पार्टी सचिवालयको नाममा विज्ञप्ति जारी गर्दै रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको स्पष्ट गरेको छ । रास्वपाले उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन…
काठमाडौँ । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसमेत ६ जनाविरुद्ध विद्यालयको जग्गा व्याक्तिको नाममा गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगर- २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक विद्यालय परिसरको ३ रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गराई पदको दुरुपयोग गरी अनियमितता गरेको प्रमाणित भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । अख्तियारले राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोख्रेल, आयोगका सदस्य तथा कास्की मालपोतका प्रमुख रामचन्द्र…
काठमाडौँ । आज राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा हुदैछ । दुवै दलबीच आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए ।
मुगु–हिमपात र बर्षा नहुँदा यहाँका किसानहरु चिन्तित देखिएका छन । पुस बित्न लागि सक्दा पनि हिमपात र बर्षा नहुँदा किसान चिन्तित भएका छन ।बिगत बर्षहरुका पुस लाग्दा हिमपात र बर्षा हुदा खेतीपातीमा निर्भर किसानहरु खुशी हुने गथ्र्ये भने अहिले देखा परेपछि किसान निरास देखिएका छन ।उच्च हिमाली क्षेत्रमा गत मंसिरको तेश्रो साता हल्का हिमपात र बर्षा भएपनि बेशी तर्फ गाउँ बस्तीमा गत असोज देखि बर्षा नहुँदा खडेरीले किसानका खेतबारीमा लगाएको जौ गहुँ तरकारी बाली सुक्न थालेको छ ।यो बर्ष खडेरी पर्ला कि भन्ने डर लाग्यो छायाँनाथ रारा नगरपालिका स्थित कोटिल्ला गाउँका रामबहादुर शाहीले भने पुस बित्न लागि सक्यो बर्षा र…
काठमाडौँ । नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्र एकतर्फी सञ्चालन गरिने भएको छ । सडक विभागको आयोजना निर्देशनालयले विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको र केहि स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भइरहेकोले एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको जानकारी दिएको छ । निर्देशनालयले मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ । साथै यस सडक खण्डमा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको…