खोज्नुहोस

Blog

निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी

निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । उनले भने- 'कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला । यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस नगर्नुहोस् । एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि…
Read More
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ- महेश बर्तौला

संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ- महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्ने बताएका छन् । संविधानको परिपालक र संरक्षकको  जिम्बेवारीमा समेत रहेका राष्ट्रपतिको गम्भिर संवैधानिक असावधानी र कमजोरी कै कारण सार्वभौम नेपाली जनताको बिबेकको मतले निर्वाचित जनप्रतिनिधिमुलक सर्वोच्व संस्था  प्रतिनिधिसभाको षडयन्त्रमुलक र असंवैधानिक ढङ्गबाट  बिघटन भएको बताउदै यो केवल संसदको बिघटन  मात्रै नभएर यो लोकतन्त्रको आत्मा माथीको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन समेत भएको बताएका छन् । उनले भनेका छन्- 'यद्यपी यसका बिरुद्ध संवैधानिक परिक्षण र उपचारको लागी दर्जनौं रिटहरु समेत सम्मानित अदालतमा दर्ता भइ बिचाराधिन अवस्थामा रहेको छ । तर यस अवस्थासम्मको संवैधानिक कमजोरी…
Read More
फिल्म परानको प्रदर्शनको ५१ दिन पूरा

फिल्म परानको प्रदर्शनको ५१ दिन पूरा

काठमाडौँ । फिल्म ‘परान’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ ।  फिल्मले शनिबार प्रदर्शनको ५१औं दिन पुरा गरेको हो । निर्देशक  दीपक प्रसाद आचार्यले प्रदर्शनको ५१औं दिनको अवसरमा टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको जानकारी दिएका छन् ।  हास्य कलाकारको रुपमा परिचित दीपक प्रसाद आचार्य ‘काकु’ को निर्देशकीय डेभ्यु फिल्म हो । परान अझै देशभरका कैयौं हलमा फिल्म प्रदर्शनरत रहेको छ । यस वर्ष ५१औं दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले पनि प्रदर्शनको ५१औं दिन मनाएका थिए । फिल्मले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख ग्रस कमाई गरेको छ…
Read More
नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंमा एकता सन्देश सभा गरिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीले  बिहान ११ बजेदेखि भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो । सभामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्याली गर्दै भृकुटीमण्डपमा भेला हुने कार्यक्रम रहेको छ । एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।  
Read More
आज तोल ल्होसार पर्व मनाइँदै

आज तोल ल्होसार पर्व मनाइँदै

काठमाडौं । आज तोल ल्होसार पर्व मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ । पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ । यसो गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ ।  
Read More