खोज्नुहोस

Blog

रिलायन्स स्पिनिङ मिल्सको आज आइपीओ बाँडफाँड हुदै

रिलायन्स स्पिनिङ मिल्सको आज आइपीओ बाँडफाँड हुदै

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुदैछ । पुस ७ गतेदेखि ११ गतेसम्म खुलेको आइपीओमा ३३ गुणा बढी आवेदन परको छ ।यस आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन दिएका छन् । यो आइपीओ केवल १८ हजार ९४५ जनालाई मात्र पर्ने छ । कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर रु. ८२०.८० का दरले बुक-बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । अब आवेदन दिएका ५ लाख ६४ हजार…
Read More
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी हुनेछन् । काँग्रेसमा नियमित र विशेष महाधिवेशन बारेको विवाद उत्कर्षमा पुगेको र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि बैठक बोलाइएको छ ।
Read More

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालसहित विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को विदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा जमघट भएर नयाँ वर्ष मनाइरहेका छन् । विश्वभर नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति…
Read More

निगमले इन्धनको मुल्य घटायो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ प्रति लिटर ६ ले घटाएको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय इन्धनमा प्रति किलो लिटर ४२ डलरले घटाएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५९ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३७ भएको निगमले जनाएको छ ।  
Read More

आज राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

जुम्ला- आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा…
Read More