काठमाडौँ । खगोल विज्ञानमा रुचि राख्नेहरूका लागि, आजको दिन र रातको बारेमा रोचक समाचार छ । तपाईंलाई थाहा नहुन सक्छ, आइतबार, डिसेम्बर २१, २०२५ को सबैभन्दा छोटो दिन थियो र यो चाँडै बित्यो । आज राती वर्षको सबैभन्दा लामो रात हुने भएको छ । आइतबारको दिन र रात पनि इतिहासमा दुर्लभ खगोल विज्ञान घटनाहरूको रूपमा रेकर्ड गरिनेछ । डिसेम्बर २१ वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुनेछ । यद्यपि सामान्य रुपमा छोटो दिन याद नगरिएको हुन सक्छ, ढिलो सूर्योदय र प्रारम्भिक सूर्यास्त भएको छ । वैज्ञानिकहरूले यसको श्रेय पृथ्वीको अक्ष, यसको झुकाव र सूर्य वरिपरि यसको परिक्रमालाई दिन्छन्…
जुम्ला —कर्णाली प्रदेशको जुम्लामा यो वर्ष स्याउ बिक्री गरेर करिव १४ करोड २९ लाख आम्दानी भएको छ । यो बर्ष जुम्लाम १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८ सय ३८ परिवार मध्ये १९ हजार १ सय ५० परिवार स्याउखेतीमा संलग्न रहेको पाइएको छ ।जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर रहेको कार्यालयले जनाएको छ। त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१÷८२ मा चार हजार ३ सय २५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४ सय ४५ हेक्टर पुगेको…
जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनले जनता समाजवादी पार्टीका रामअशिष यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले त्रिलोकी प्रसाद चौधरीलाई उम्मेदवार बनाएको हो । जसपा नेपालका उम्मेदवार रामअशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक फकिरा महतो छन् । यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन् । त्यसैगरी एमालेका त्रिलोकी चौधरीको प्रस्तावकमा एमालेकी सांसद शारदा देवी थापा र समर्थकमा जय चन्द्र प्रसाद पटेल छन् । एमालेका यादव बारा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेशसभाले…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहिद परिवारसँग भेटवार्ता गरेका छन्। शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेसँग भेट गरेका हुन् । सो भेटमा लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । लामिछानेले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका पहिलो घाइते अभिषेक श्रेष्ठसँग भेट गरेका छन् । लामिछाने वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भेटका क्रममा उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको पक्षमा आफू…
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । विश्व ध्यान दिवस २०२५ को लागि, 'एकमा परिवर्तन भनेको लाखौंमा परिवर्तन हो' भन्ने नारा तय गरिएको छ । व्यक्तिगत रूपान्तरणको लहर प्रभावलाई प्राथमिकता दिदै संयुक्त राष्ट्र संघको 'भित्रबाट संसारलाई निको पार्ने' आह्वानलाई स्थिरता दिदै यस बर्षको विश्व ध्यान दिवसको नारा तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई…