काठमाडौँ । अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि विश्वभर तरंग उत्पन्न भएको छ । शनिबार अमेरिकाले भेनेजुएला आक्रमण गर्दै राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई बेडरुमबाटै पक्राउ गरेर अमेरिकाको न्यूयोर्क ल्याएको छ । अमेरिकामा न्यूयोर्कको ब्रुकलिन हिरासत कक्षमा राखिएको छ । ट्रम्प प्रशासनले मादुरो र उनकी श्रीमतीलाई लागूऔषध तस्करी र अमेरिकीहरुको ज्यान जोखिममा पारेको मुद्धा दायर गरेका छन् र केहि दिनमा अदालतमा पेश गर्ने बताएका छन् । यस अप्रेशनका लागि अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले महिनौंको अध्ययन, अनुसन्धान गरेको रिपोर्ट बाहिर आएको छ । गुप्तचरको एक गोप्य टोली लुकेर भेनेजुएलामा प्रवेश गरेर मादुरोको हरेक…
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । काँग्रेसले आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय,सानेपामा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । काँग्रेसमा महाधिवेशनको विवाद चर्किदै जादा विशेष महाधिवेशन पक्षधरले पुस मसान्त भित्रनै विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका बेला काँग्रेसको यो बैठकलाई महत्वका साथ हेरिएको छ । सभापति शेरबहादुर देउवासहितका नेताहरु निर्वाचन पछि मात्र महाधिवेशन गर्ने भन्दै नयाँ कार्यसूची पारित गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएपछि काँग्रेस विभाजनतर्फ उन्मुख्य भएको विश्लेषण भइरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग आज एकता गर्दै छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेर एकता गर्ने भएको हो । रास्वपाले यसअघि काठमाडौँ महानगरक मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा गरिसकेको छ ।
काठमाडौँ । अमेरिकाले शनिबार दक्षिण अमेरिकाको भेनेजुएलामा आक्रमण गरेको छ । आक्रमणपछि राजधानी काराकसमा कैयौं विस्फोट भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको पुष्टि गर्दै अमेरिकी आक्रमणको क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देशबाट बाहिर लगिएको बताए । भेनेजुएलामा अमेरिकी आक्रमणको रुसले प्रतिक्रिया दिदै विरोध गरेको छ । त्यस्तै भेनेजुएलाको सरकारले राष्ट्रपति मादुरो र उनकी श्रीमतीको अवस्था बारे जानकारी नभएको बताएको छ भने संयुक्त राष्ट्रसँगलाई तत्काल सुरक्षा परिषदको बैठक बोलाउन माग गरेको छ । अमेरिका र भेनेजुएलाबीचको विवाद के हो ? अमेरिका र भेनेजुएलाबीचको विवाद वर्षौं पुरानो हो । यो विगत केही वर्षहरूमा उल्लेखनीय रूपमा…
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शनिबारदेखि सुरु भएकोछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर…