मुगु—गमगढी सोरु सडक खण्ड धमाधम स्तरउन्तीको कामलाई तिब्रता दिइएको छ । कर्णाली प्रदेश सरकारको ६३ करोड ४६ लाख कुल बजेट मध्ये ठेक्का प्रतिस्पर्धामा ३० करोड ९ लाख आर्थिक लागतमा गमगढी सोरु सडक खण्डको स्तरउन्नीको काम सुरु गरिएको छ । भौतिक पूर्बाधार बिकास कार्यालय प्रमुख कृष्ण चापागाई भने प्रदेश सरकारको बजेट बाट गमगढी सोरु सडक खण्डको स्तरउन्नतीका कामलाई तिब्रता दिइएको छ । सडक स्तरउन्नतीको ठेक्का शिवालय टास्कर जेभि सित १८ महिना भित्र काम सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ । सडकलाई फराकिलो बनाउने डिल पर्खाल लगाउने पानी निकासको लागि ढल बनाउने जस्ता काम गरिएको छ । सोरु गाउ“पालिकाको आसिधारा हुदै तारापानी…
काठमाडौँ । भद्रकाली मन्दिरको पुनःनिर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ । काठमाडौँ महानगरकी उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, पुनःनिर्माणको अनुगमन गर्दै सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रुपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरुको सुझाव र सहयोग लिन, कम्पाउण्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन सुझाव दिएकी छन् । भद्रकाली मन्दिर भौगोलिक रुपमा महानगरको वडा नम्बर-११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नम्बर २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार मन्दिर परिसरमा विभिन्न समुदायका कुल देवता…
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नियुक्त भएका निर्वाचन अधिकृतले यहिँ पुष १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, मधेश प्रदेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी, बामगती प्रदेशमा मकवानपुर…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकले राष्ट्रिय सभा निर्वाचन, आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छनौट, पार्टीको महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौँ । जलवायु परिवर्तनको बीचमा, वैज्ञानिकहरूले समुन्द्रको गहिराइबाट जैविक विविधताको नयाँ तस्वीर पत्ता लगाएका छन् । वैज्ञानिकहरूले गुआमबाट समुद्र सतहभन्दा १३० देखि ४९० फिट मुनि रहेका लगभग २००० समुद्री जीवहरूको अध्ययन गरेका छन्, जसमा डीएनए विश्लेषण गर्दा २०० नयाँ प्रजातिहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ । जर्नल अफ बायोजियोग्राफीमा प्रकाशित एक रिपोर्ट अनुसार, समुन्द्रको सतह नजिकै रहेका कोरल चट्टानहरू जलवायु परिवर्तन, समुन्द्रको तापक्रम वृद्धि र अम्लीकरणबाट सबैभन्दा बढी प्रभावित भइरहेका छन् । यसको विपरित, मेसोफोटिक, वा ट्वायलाइट, क्षेत्रमा अवस्थित गहिरो चट्टानहरूको तुलनात्मक रूपमा अध्ययन गरिएको छैन । अनुसन्धानले यी गहिराइहरूमा अझै पनि समुद्री जैविक विविधताको महत्त्वपूर्ण मात्रा लुकेको हुन सक्ने…