खोज्नुहोस

Blog

राष्ट्रिय सभा निर्वाचन: आज मनोनयन दर्ता हुदै

राष्ट्रिय सभा निर्वाचन: आज मनोनयन दर्ता हुदै

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मनोनयन दर्ताको तालिका रहेको छ । त्यस्तै पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन माघ ११ गते…
Read More
राष्ट्रिय विभूति अरनिको स्मृति दिवस आज मनाइदै

राष्ट्रिय विभूति अरनिको स्मृति दिवस आज मनाइदै

काठमाडौँ । राष्ट्रिय विभूति कलाकार अरनिको आज स्मृति दिवस मनाइदै छ । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ । उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ । महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्वका साथ मनाइन्छ । विसं २०५८ सालदेखि उनको स्मृति दिवस मनाउन थालिएको हो । यसले सरकारी मान्यता समेत पाएको छ । अरनिको योगदानको जति चर्चा हुन्छ, उति नै उनको जीवनकालको । राजा अनन्त मल्लकै पालामा १३औं शताब्दीमा चीन पुगेका उनले नेपाली शैलीको कलाशिल्पी फैलाएको मानिएपनि उनीबारे…
Read More

गृहमन्त्रालयद्वारा सामाजिक सदभावमा खलल पुर्याउने र द्वेष फैलाउने कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । गृह मन्त्रालयले तराई एवं मधेशका केहि जिल्लाहरुमा धार्मिक सहिष्णुता तथा सदभावमा गम्भीर असर पर्ने गरि भएका कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले पछिल्लो समय तराई एवम् मधेसका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पर्ने गरी केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति दिएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको छ । पछिल्लो समयमा धनुषाका विभिन्न स्थानहरूमा सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्म लक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुऱ्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने…
Read More

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमालेले आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो । बैठक राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार छनौट बारे केन्द्रित हुने बताइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यसूची रहेको छ । एमालेको राष्ट्रिसभा निर्वाचनमा कांग्रेस र नेकपासँग गठबन्धन गर्न छलफल पनि चलिरहेको छ ।  
Read More
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरु चुनावी तालमेल र उम्मेदवार छनौटमा केन्द्रित रहेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने तयारी गरेको छ । सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलका लागि भएका छलफल बारे बैठकमा ब्रिफिङ गरेका थिए ।  
Read More