खोज्नुहोस

Blog

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो । बैठक आज दिउसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ । बुधबारको बैठकमा महामन्त्री गगन थापासहितका नेताहरुले आफ्नो धारणा राखेका थिए ।  
Read More
राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभा पुस १६ गते हुने

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभा पुस १६ गते हुने

काठमाडौँ । राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । दुई पार्टीबीच बुधबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने श्रेष्ठले जानकारी दिएका छन् ।
Read More
त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुदै

त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुदै

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौंस्थित दशरथ रंगशालामा हुदैछ । समारोहमा १६ हजार ३३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थीलाई समारोहमा सहभागी गराइने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । २०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने कार्यालयले जनाएको छ । समारोहमा सहभागी हुन भने उत्तीर्णमध्ये १८.३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् । सहभागी विद्यार्थीका लागि पुस १ गतेदेखि ८ गतेसम्म गाउन तथा स्कार्फ वितरण गरिएको थियो । त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान…
Read More
क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस-डे मनाउदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस-डे मनाउदै

जुम्ला। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै,…
Read More
राप्रपा जुम्लाबाट प्रत्यक्षमा ज्ञानेन्द्र शाही र समानुपातिकमा अनिल थापा उम्मेदवार सिफारिस

राप्रपा जुम्लाबाट प्रत्यक्षमा ज्ञानेन्द्र शाही र समानुपातिकमा अनिल थापा उम्मेदवार सिफारिस

जुम्ला - राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवारमा ज्ञानेन्द्र बहादुर शाहीलाई एकल सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहीलाई राप्रपा जुम्लाले प्रत्यक्ष तर्फ एकल सिफारिस गरेको हो । त्यस्तै समानुपातिक युवा नेता अनिल थापा सहित पुरुष तर्फ ८ जना, समानुपातिक महिला तर्फ ३ जना र दलित ३ जनाको नाम सिफारिस गरिएको छ । पुरुष तर्फ रमानन्द न्यौपाने, विर्ख बहादुर कठायत, पूर्णसिंह कठायत, गंग प्रसाद उपाध्याय, बिन बुढा, जयन्त महत, अनिल थापा र असमिन सेजुवालको नाम सिफारिस गरिएको छ । भने महिला तर्फ पन्चकली बुढा, बसन्ताकुमारी शाही, जानेदवी शर्माको नाम सिफारिस…
Read More