काठमाडौँ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रुपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन काठमाडौँ महानगरपालिकाको केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम गरिरहेको छ । यस क्रममा कृष्णमन्दिरदेखि डवलीहुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँवायाँका भवनहरुको अग्रमोहोडालाई मौलिक स्वरुपमा रुपान्तरणको काम सुरु हुन लागेको छ । ढुङ्गा विछ्याउनेसहितको यो कामका लागि ९ करोड ७३ लाख रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट छनोट भएको निर्माण पक्षसँग ९ करोड ४५ लाख रुपियाँमा सम्झौता गरिएको छ । यस मार्गमा मोहडा परिवर्तन गर्नुपर्ने ६३ वटा घरमध्ये ९ वटाको स्थानीय आफैँले परिवर्तन गर्नुभएको छ । अब ५४ वटाको सुधार गर्नु पर्नेछ । सहर विस्तारसँग…
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ जनाले आवेदन स्वीकृत भएको छ । सिफारिस समितिले अध्यक्षका लागि दरखास्त आह्वान गर्दा १३ जनाको आवेदन परेको समितिले जानकारी दिएको छ । अध्यक्ष बन्न आवेदन दिनेहरुमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, शिक्षा मन्त्रालयका पूर्वप्रशासक र बोर्डका पूर्व अधिकारीहरु रहेका छन् । आवेदन दिनेमा डा. जगतकृष्ण पोखरेल, डा. राजेन्द्रकुमार पोखरेल, प्रा. डा. बाबुराम खनाल, डा. रामचन्द्र पाण्डे, दुर्गाप्रसाद अर्याल, डा. तुलसीराम भण्डारी, पुष्पराज जोशी, डा. घनश्याम ठाकुर, डा. कृष्णप्रसाद आचार्य, प्रा. डा. अच्युत ज्ञवाली, लक्ष्मीराम पौडेल, डा. भोजराज शर्मा काफ्ले र डा. राजेन्द्रप्रसाद चापागाईं रहेका छन् । अध्यक्ष महाश्रम शर्माको ४ वर्षे कार्यकाल सकिएपछि शिक्षा…
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको तयारी तिब्र गतिमा भइरहेको छ । पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विशेषमहाधिवेशनको तयारी अन्तरिम चरणमा पुगिरहेका बेला संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई सहभागी हुन नदिने प्रयास गरिरहेको छ । संस्थापन पक्षले पनि २७ गते युवा भेला र २८ गते जिल्ला सभापति भेला राखेकाले नेता कार्यकर्तालाई काठमाडौँ आउन भने अलिकति सहज भएको छ । दुई महामन्त्रीसहित केहि केन्द्रीय स्तरका नेता विशेष महाधिवेशनको पक्षमा खुलेर देखिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानलाई नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्माले समर्थन गरेका छन् । त्यस्तै नेता महेश आचार्यले पनि विशेष महाधिवेशन अपरिहार्य…
काठमाडौँ । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आएका छन् । संजय दत्त काठमाडौँमा एक क्यासिनो उद्घाटनको लागि विशेष अतिथिका रूपमा काठमाडौँ आएको बुझिएको छ । उनले आज क्यासिनो उद्घाटन गरेर शुक्रबार स्वदेस फर्किने आयोजकले बताएका छन् ।
काठमाडौँ । कुलमान घिसिङले राजीनामा दिएपछि उनले सम्हाल्दै आएका तीन मन्त्रालयको कार्यभार तीन अन्य मन्त्रीलाई दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा घिसिङले सम्हाल्दै आएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी उद्योग मन्त्री अनिलकुमार सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वनमन्त्री माधवप्रसाद चौलागाईलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।