काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले क्रिकेट प्रशिक्षक जगत टमटासहित पाँच जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त गरेका छन् । मन्त्री गुप्ताले टमटासहित शान्तकुमार महता, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्कीलाई राखेप सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यहरुलाई मन्त्री गुप्ताले शुक्रबार पद तथा गोपनियताको शपथ समेत गराएका छन् । राखेपका पूर्व सदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गत महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए ।
काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुदै छ । सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने कार्यक्रम तय गरिएको छ । एकतामा पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने र झण्डा तथा चुनाव चिह्न पनि रेशमले दर्ता गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालकै कायम हुने बताइएको छ । गत भदौमा अलग अलग भएका रेशम र रञ्जिता फेरी एक हुने भएका हुन् । रञ्जितासँग विवाद पछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए । त्यसपछि उनले कात्तिक…
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दैछिन् । प्रधानमन्त्री कार्कीले आज ४ बजे तीन दलका शीर्षनेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएकी हुन् । भेटवार्ता आसन्न निर्वाचनमा केन्द्रीत हुने बताइएको छ । यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान गर्दैछ । रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो । समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ । रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५…
मुगु—हिमाली जिल्ला मुगुमा केही साता अघि देखि फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा रोगको प्रकोप नियन्त्रणको लागि तत्काल विशेषज्ञ चिकित्सक टोली पठाइदिन युवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठी संग माग गरेका छन ।नेबिसंघ केन्द्रीय सदस्य आशिष देवकोटा सोरु गाउपालिकाका पूर्व वडाअध्यक्ष मनप्रसाद भट्ट स्थानीय युवा सन्तोष शाही लगायतको युवा टोलीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठीलाई भेटेर जिल्लाको बिभिन्न गाउ“बस्तीमा फैलिएको इन्फ्लुएन्जा नियन्त्रणका लागि बिशेषज्ञ चिकित्सकको टोली पठाइ दिन माग गरेका छन । युवाले मन्त्री समक्ष बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञ सहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टा भित्र मुगुमा पठाउन उल्लेख गरिएको छ । कर्णालीले…