काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ र छलफल अझै जारी रहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ । शुक्रबार विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशन हुन नसक्ने भन्दै पुस मसान्त भित्र विशेष महाधिवेशनमा जान भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई ज्ञापन…
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको सूची बुझाउन आज र भोली दिउसो ४ बजेसम्मको समय तोकेको छ । निर्वाचन तालिका अनुसार समानुपातिकको सूची बुझाउन आयोगले पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्मको समय तोकेको हो । आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक…
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप २ दिनका लागि जाडो बिदा दिएको छ । चिसो बढ्दै गएपछि महानगरले विद्यालयहरूमा दुई दिन बिदा थपेको जानकारी दिएको छ । अब पुस १३ र १४ गते महानगरमा विद्यालय बन्द हुने भएका छन् । पुस १५ गते ल्होसार पर्वको सार्वजनिक बिदा परेकाले अब पुस १६ गतेदेखि मात्रै विद्यालयहरूमा पठनपाठन सुचारु हुने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । यसअघि महानगरले विद्यालयहरूमा पुस ७ देखि ९ गतेसम्म जाडो बिदा दिएको थियो । पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा थियो भने पुस ११ गते पनि वर्षे बिदाबाट सट्टा हुने गरी महानगरपालिकाले विद्यालयहरूमा पठनपाठन बन्द गरिएको…
काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहमति भएको छ । ७ बुँदे सहमतिपछि रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढाउने सहमति गरेको छ । ७ बुँदे सहमति १- नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने, २- समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने, ३- पहिलो पक्ष र दोश्रो पक्षबीच…
काठमाडौँ — यो साता सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । तोलामै सुन ११ हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिकी डलर सूचकांक केही माथि जानु, भूराजनीतिक तनाव यथावत् रहनु, नयाँ वर्ष निकट रहनुलगायत विषयले अन्तर्राष्ट्रिय बजारमा सुनप्रति आकर्षण बढेपछि मूल्य पनि वृद्धि भएको जानकार बताउँछन् । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो । बुधबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगे पनि बिहीबार घटेको थियो । बिहीबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार प्रतितोला…