खोज्नुहोस

Blog

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

काठमाडौँ । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकाता हुने भएको छ । एकताको सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरल ले हस्ताक्षर गरेका छन् । जसपा अध्यक्ष यादव र  लोसपा अध्यक्ष ठाकुरसहितको बैठकले आइतबार राति दुवै दल एकीकरण गर्ने निर्णय गरेको हो । सहमतिमा भनिएको छ:  मिति २०८२ पौष १३ गते जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौँमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याइन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता,…
Read More
रमेश लेखक जाँचबुझ आयोगमा आज बयान दिन जादै

रमेश लेखक जाँचबुझ आयोगमा आज बयान दिन जादै

काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिन जादैछन् । लेखकको सचिवालयले उनी अपराहन्न १२ बजे बयानका लागि आयोगमा जाने जानकारी दिएको छ । साथै लेखकले दिउसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन समेत गर्ने भएका छन् । आयोगले गत शुक्रबारसम्म बयान दिन पत्र लेखेको भएपनि लेखकले सोमबार बयान दिन आउने जानकारी आयोगलाई गराएको बताएका थिए । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो । आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी…
Read More
समानुपातिकको सूची बुझाउने आज अन्तिम दिन

समानुपातिकको सूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको सूची बुझाउने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले आइतबारदेखि आज दिउसो ४ बजेसम्म समानुपातिकको सुची बुझाउने समय तोके अनुसार आज समय सकिन लागेको हो । यसअघि आइतबार नेपाल मजदुर किसान पार्टीसहित केहि दलले मात्र आफ्नो सूची आयोगमा बुझाएका छन् । सबै दलहरु समानुपातिकका उम्मेदवार छनौटमा व्यस्त रहेका छन् । आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन…
Read More
बालेन र रविबीचको सहमतिपछि सञ्चारमन्त्री खरेलको टिप्पणी- गन्तव्य तय हुदैछ…

बालेन र रविबीचको सहमतिपछि सञ्चारमन्त्री खरेलको टिप्पणी- गन्तव्य तय हुदैछ…

काठमाडौँ । सञ्चारमन्त्री जगदिश खरेलले काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको सहमतिलाई नयाँ सुरुवात भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री खरेलले नयाँ दिन र नयाँ शुरुवात भएको भन्दै सुन्दर र समृद्ध नेपालको सपनाको गन्तव्य तय हुदै गरेको बताएका हुन् । उनले भनेका छन्- 'नयाँ दिन, नयाँ शुरूवात ! सुन्दर र समृद्व नेपालको सपना !! गन्तव्य तय हुदैछ...' आइतबार बिहान लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ, जस अनुसार पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न…
Read More
सामाजिक सञ्जालको लत र मानिसिक स्वास्थ्यको विषयमा न्यूयोर्क राज्यले चाल्यो महत्वपूर्ण कदम

सामाजिक सञ्जालको लत र मानिसिक स्वास्थ्यको विषयमा न्यूयोर्क राज्यले चाल्यो महत्वपूर्ण कदम

काठमाडौँ । सामाजिक सञ्जालको लत र बालबालिकाको मानसिक स्वास्थ्यमा यसको नकारात्मक प्रभावको प्रतिक्रियामा न्यूयोर्कले एउटा ठूलो कदम चालेको छ । न्यूयोर्कका गभर्नर क्याथी होचुलले असीमित स्क्रोलिङ र अटो-प्ले जस्ता सुविधाहरू भएका सामाजिक सञ्जाल प्लेटफर्महरूले अब चेतावनी लेबलहरू राख्नुपर्ने कानुन बनाएको घोषणा गरेकी छन् । यो नयाँ कानूनले युवा प्रयोगकर्ताहरूलाई स्क्रिनमा घण्टौं टाँसिएर बिताउन बाध्य पार्ने सुविधाहरूलाई लक्षित गरेको छ । गभर्नर होचुलले यो नयाँ नियमलाई सुर्तीजन्य र चुरोट प्याकेजहरूमा रहेको चेतावनीसँग तुलना गरेकी छन् । उनले भनिन्- 'जसरी सुर्तीजन्य उत्पादनहरूले क्यान्सरको जोखिमको बारेमा चेतावनी दिन्छन् वा प्लास्टिक प्याकेजिङले साना बच्चाहरूको लागि चोकिङ खतराको बारेमा चेतावनी दिन्छन्, त्यसरी नै सामाजिक सञ्जालको…
Read More