काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३१ वटा संस्थालाई अनुमति दिने निर्णय गरेको छ । फागुन २१ गते हुने चुनावको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय गरी ४९ वटा संस्थाहरूबाट आयोगमा निवेदन परेको थियो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगमा सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थाहरूलाई पाँच दिनभित्र थप कागजात पेस गर्न पत्राचार गरिएको छ । माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक निर्णय गरिने…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १६३ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गुरु बराल र पृथ्बीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन् । ओली पक्षबाट उम्मेदवार बन्ने भनिएका प्रदिप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । ओली प्यानलबाट महासचिव नपाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर पदाधिकारीमा नबस्ने निर्णय लिएका छन् । त्यस्तै ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा पद्मा अर्याल, शेरधन राई,…
काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदै छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँको बसन्तपुर डबलीमा विशेष कार्यक्रम गरेर राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ । १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको…
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । त्यस्तै आयोगको सदस्यमा प्रा. डा. सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको गरेको छ । मन्त्री खरेलका अनुसार संवाद समितिको संयोजकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल…