काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान गर्दैछ । रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो । समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ । रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५…
मुगु—हिमाली जिल्ला मुगुमा केही साता अघि देखि फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा रोगको प्रकोप नियन्त्रणको लागि तत्काल विशेषज्ञ चिकित्सक टोली पठाइदिन युवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठी संग माग गरेका छन ।नेबिसंघ केन्द्रीय सदस्य आशिष देवकोटा सोरु गाउपालिकाका पूर्व वडाअध्यक्ष मनप्रसाद भट्ट स्थानीय युवा सन्तोष शाही लगायतको युवा टोलीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा त्रिपाठीलाई भेटेर जिल्लाको बिभिन्न गाउ“बस्तीमा फैलिएको इन्फ्लुएन्जा नियन्त्रणका लागि बिशेषज्ञ चिकित्सकको टोली पठाइ दिन माग गरेका छन । युवाले मन्त्री समक्ष बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञ सहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टा भित्र मुगुमा पठाउन उल्लेख गरिएको छ । कर्णालीले…
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो । बैठक आज दिउसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ । बुधबारको बैठकमा महामन्त्री गगन थापासहितका नेताहरुले आफ्नो धारणा राखेका थिए ।
काठमाडौँ । राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । दुई पार्टीबीच बुधबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौंस्थित दशरथ रंगशालामा हुदैछ । समारोहमा १६ हजार ३३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थीलाई समारोहमा सहभागी गराइने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । २०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने कार्यालयले जनाएको छ । समारोहमा सहभागी हुन भने उत्तीर्णमध्ये १८.३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् । सहभागी विद्यार्थीका लागि पुस १ गतेदेखि ८ गतेसम्म गाउन तथा स्कार्फ वितरण गरिएको थियो । त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान…