काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन् । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यवसायिक कार्ययोजनाकासाथ अगाडि बढाइनुपर्नेमा जोड दिए । सञ्चारमन्त्री खरेलले भने- 'हामीले हुलाकलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्रमा हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ ।' उनले स्मार्ट हुलाकको कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिए । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गरिन् । उनले भनिन्- स्मार्ट हुलाकको…
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै आज मतदाता नामावली, उम्मेदार दर्ता र उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्नेलगायतका कार्यक्रम हुदैछन् । कार्यतालिका अनुसार सोमबार बिहान मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । आजै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने…
काठमाडौँ । नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्ने लगायतका निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ । ९२ बर्षिय उपाध्यायको शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । सार्बजनिक कार्यतालिका अनुसार आजै मतदाता नामावली सार्बजनिक गरिने भएको छ भने सोमबार बिहान मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता सोमबार बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान पुस १…
सप्तरी । दुम्सी मार्ने क्रममा दुम्सीमो प्वाल अड्किएका एक पुरुषको सकुशल उद्धार गरिएको छ । सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका–११ स्थित बक्सा बस्ने ५० वर्षिय दिलिप रेग्मी दुम्सी मार्न प्वालमा छिर्ने क्रममा अड्किएका थिए । सो लगत्तै उनीसँगै गएका उनका साथीहरुले जानकारी गराएपछि पश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिन मुनि फसेका रेग्मीलाई करीव २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाएको छ । उनी पहिलेदेखि नै दुम्सीको सिकार गर्दै आईरहेको बुझिएको छ ।