खोज्नुहोस

Blog

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले राष्‍ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्‍ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय सुरक्षा परिषद्‍बाट भएका महत्त्वपूर्ण निर्णय तथा सम्पादित प्रमुख कार्यहरूको विवरण र सुरक्षा विश्‍लेषण समावेश गरी तयार गरिएको 'आठौं वार्षिक प्रतिवेदन' वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
Read More
एमाले महाधिवेशन: आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

एमाले महाधिवेशन: आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनको दोस्रो दिन आजदेखि बन्दसत्र शुरु हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा एमालेको बन्दसत्र संचालन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुले मात्र भाग लिने छन् । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ । बन्दसत्र संचालनक लागि सबै पदाधिकारीको अध्यक्ष मण्डल गठन गरिएको छ । त्यस्तै बन्दसत्रबाट पारित गर्ने प्रस्तावको संयोजन गर्न उपमहासचिव प्रदिव ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको छ भने बन्दसत्रको माइन्यूटिङ गर्नका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको छ । नेतृत्व चयनमा प्रतिष्पर्धा: सोमबारसम्म संचालन…
Read More
कालिकोटबाट काँग्रेस युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जना सिफारिस

कालिकोटबाट काँग्रेस युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जना सिफारिस

कालिकोट । नेपाली काँग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकबाट शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको हो ।' प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, पार्टी सभापति अम्बबहादुर शाही र  महिला नेता सीता रावल छन् । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस-आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस गरिएको छ ।
Read More
कर्णालीको विकासमा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ, वनमन्त्री चौलागाई

कर्णालीको विकासमा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ, वनमन्त्री चौलागाई

नव नियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलन महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण पछि मन्त्रालयमा पदभार ग्रहणमा मन्त्री चौलागाईले सरकारले जेनजी आन्दोलनलाई संस्थागत गरि सकेको उल्लेख गर्नु भएको छ । कर्णालीकोे विकासलाई कसरी रूपान्तरण गर्ने भन्ने बिषयमा हामीले गम्भीर रूपमा सोच्नु पर्छ मन्त्री चौलागाईले भने देश परिर्वतनमाजेनजीको ठूलो भूमिका छ । जेनजी आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका बढी रहेको उहाको भनाई छ ।मन्त्री चौलागाईका अनुसार कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा संचालन गरिने बताउनु भएको छ । अघिल्लो ओली सरकारका निर्बमान वन तथा वातारण…
Read More
एमालेको ११औं महाधिवेशन आजदेखि, भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह

एमालेको ११औं महाधिवेशन आजदेखि, भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुदैछ । महाधिवेशनको उद्घाटनसत्र आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने एमालेको सचिवालय बैठकले निर्णय गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने र उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै महाधिवेशनमा विदेशी पार्टीबाट आएका शुभकामना सन्देश पढेर सुनाइने तर विदेशी दलका प्रतिनिधिहरु नबोलाइएको उनले बताए । यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको र उद्घाटनको दिनको…
Read More